Edukhabar
सोमबार, ०७ जेठ २०८१
गतिविधि

अरुणिमाको अभिभावक दिवस

आइतबार, १३ फागुन २०८०

काठमाडौं - बौद्ध स्थित अरुणिमा माध्यमिक विद्यालयले अभिभावक दिवस मनाएको छ । अरुणिमा शैक्षिक प्रतिष्ठान अन्तर्गत सञ्चालित विद्यालयको अभिभावक दिवसमा विद्यार्थीले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । शनिबार भएको कार्यक्रमका प्रमुख अतिथि साहित्यकार एवं समीक्षक महेश पौड्याल सहितका अतिथिले अरुणिमा स्मारिका—७ को लोर्कापण पनि गरेका थिए । 

विद्यालयलाई शुभकामना व्यक्त गर्दै  पौड्यालले बालसाहित्यको सिर्जना तथा विकाससँग सम्बन्धित भएर अरुणिमासँग धेरै क्षेत्रमा सहकार्य गर्न सकिने बताए । विद्यालय सञ्चालक समितिका सदस्य केशवप्रसाद जोशीले स्वागत गर्नुभएको कार्यक्रममा खेमराज ढकालले अतिरिक्त क्रियाकलाप तथा सहायक प्रिन्सिपल बुद्धिप्रसाद रेग्मीले विद्यालयका शैक्षिक गतिविधिहरूको विस्तृत प्रतिवेदन पेश गरेका थिए । शिक्षक अभिभावक संघका अध्यक्ष एवं त्रिवि केन्द्रीय पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदीले विद्यालयले अब प्राविधिक शिक्षालाई प्राथमिकता दिनुपर्ने सुझाव दिए ।

अरुणिमा अल्म्नाई एसोसिएसनका अध्यक्ष जितेन्द्र श्रेष्ठले शैक्षिक अवसरबाट वञ्चित बालबालिकाहरूलाई समेट्नका लागि अरुणिमा परोपकार प्रतिष्ठानमा सहभागी हुन आग्रह गरे । अरुणिमा शैक्षिक प्रतिष्ठान अन्तर्गत बौद्धमा अरुणिमा माध्यमिक विद्यालय, महाकांलमा अरुणिमा शिक्षा सदन र गोकर्णेश्वर आरुबारीमा नव अरुणिमा माध्यमिक विद्यालय सञ्चालित छन् ।

कार्यक्रमका सभाध्यक्ष समेत रहेका समाजसेवी भीमानन्द ढुङ्गानाले ३९ वर्षको इतिहासमा प्रतिष्ठानले राष्ट्रको शैक्षिक क्षेत्रमा विशिष्ट योगदान दिएको बताए । मध्यम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको अरुणिमा माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षामा कुनै सम्झौता नगरेका कारण अभिभावहरूको मन जितेको कार्यकारी प्रिन्सिपल ईश्वरी लामिछानेले बताए । 

प्रतिक्रिया