Edukhabar
सोमबार, ०७ जेठ २०८१
गतिविधि

शिक्षा समिति सभापति सामान्य प्रशासन मन्त्री

बुधबार, २३ फागुन २०८०

काठमाडौँ–संसद्को शिक्षा स्वास्थ्य तथा प्रविधि समितिका सभापति भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भएका छन् । उनी मन्त्री भएपछि समिति सभापति विहीन भएको छ । 

नेकपा एकीकृत समाजवादीका सांसद जोशी विद्यालय शिक्षा विधेयक संसद्को यही अधिवेशनबाट पारित गर्न लागि परेका थिए । जोशी नै मन्त्री भएपछि अब अर्को व्यक्ति समापित हुनेछ । सभापति कुन पार्टीको को हुने भन्ने यकिन भएको छैन । यसअघि यो समिति एकीकृत समाजवादीको भागमा परेको थियो । 

 

प्रतिक्रिया