Edukhabar
सोमबार, १७ बैशाख २०८१
गतिविधि

शैक्षिक सत्र शुरु नहुँदै भर्ना नलिन र ब्रिज कोर्ष नचलाउन सचेत

सोमबार, ०५ चैत्र २०८०

पोखरा - नयाँ शैक्षिक सत्र शुरु नहुँदै हुने नयाँ भर्ना र ब्रिज कोर्ष जस्ता अस्वभाविक शैक्षिक गतिविधिलाई नियन्त्रण गर्न पोखरा महानगरपालिकाले अग्रसरता लिएको छ । खास गरी शैक्षिक सत्र शुरु नहुँदै निजी विद्यालयहरुले लिने नयाँ भर्नाका गतिविधि नगर्न र कक्षा ११ को भर्नालाई लक्षित गरी शुरु गरिने ब्रिज कोर्ष सञ्चालन नगर्न महानगरले सचेत गराएको हो । 

कक्षा ११ को भर्नालाई लक्षित गरी कुनै पनि प्रकारका ब्रिज कोर्षहरु सञ्चालन नगर्न नगराउन भन्दै महानगर क्षेत्र भित्रका सम्पूर्ण शैक्षिक संस्थालाई सचेत गराएको छ । शैक्षिक सत्र २०८१ लाई लक्षित गरी चैत मसान्त सम्म कुनै पनि प्रकारका भर्ना सम्बन्धि कार्यक्रम सञ्चालन नगर्न पनि महानगरले भनेको छ । यसैगरी चालु शैक्षिक सत्रको बार्षिक परीक्षा चैत मसान्त सम्म सम्पन्न गरी नतिजा समेत प्रकाशन गर्नु पर्ने तथा भर्ना अभियान बैशाख १ गते देखि शुरु गरी बैशाख १० गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन शुरु गर्न महानगर शिक्षा समितिको बैठकले निर्णय गरेको ।  

प्रतिक्रिया