Edukhabar
शनिबार, १५ बैशाख २०८१
गतिविधि

शिक्षकको जिल्लान्तर सरुवामा रोक

स्पष्ट आधार र प्रकृया सहितको मापदण्ड तयार गरे पछि मात्रै शिक्षक सरुवा फुकुवा गर्ने योजना छ ।

मंगलबार, ०६ चैत्र २०८०

काठमाडौं - शिक्षा मन्त्रालयले शिक्षकको जिल्लान्तर सरुवामा रोक लगाएको छ । शिक्षा मन्त्री सुमना श्रेष्ठले सोमबार उक्त निर्णय गरेकी हुन् । रिक्त शिक्षक पदमा शिक्षक सेवा आयोगबाट नियमअनुसार पदपूर्तीको प्रकृया अगाडि बढिरहेकोले उक्त निर्णय गरिएको शिक्षा मन्त्री निकट श्रोतले जानकारी दियो । शिक्षक सरुवा गराईदिने भन्दै असुली गर्ने जस्ता कृयाकलाप समेत हुँदै आएको गुनासोका बिचमा मन्त्री श्रेष्ठले उक्त निर्णय गरेकी हुन् । 

saruwa 1

शिक्षक सरुवालाई व्यवस्थित र पारदर्शी बनाउन शिक्षा तथा मानव श्रोत विकास केन्द्र मार्फत् स्पष्ट आधार र प्रकृया सहितको मापदण्ड तयार गरे पछि मात्रै शिक्षक सरुवा फुकुवा गर्ने मन्त्री श्रेष्ठको योजना छ । त्यसैले केन्द्रलाई उक्त मापदण्ड बनाउन निर्देशन गरेको र त्यतिञ्जेल सम्मका लागि शिक्षक सरुवा रोकिएको हो । उक्त निर्णय मन्त्रालयले सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरिएको छ । 

प्रतिक्रिया