Edukhabar
शनिबार, १५ बैशाख २०८१
गतिविधि

शिक्षक सेवा आयोगमा सापकोटा

प्रवक्तामा विद्यालय शिक्षा महाशाखाका प्रमुख दाहाल

मंगलबार, १३ चैत्र २०८०

काठमाडौँ-शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तीन जना सहसचिवको सरुवा गरेको छ । मन्त्रालय स्रोतका अनुसार शिक्षक सेवा आयोगको प्रशासकीय प्रमुखमा शिवकुमार सापकोटा सरुवा भएका  हुन् ।

आयोगका प्रशासकीय प्रमुख कमल प्रसाद पोखरेलको शिक्षा मन्त्रालयको उच्च शिक्षा महाशाखा सरुवा भएका छन् ।

त्यस्तै उच्च शिक्षा महाशाखाका प्रमुख श्रीप्रसाद भट्टराई मन्त्रालयको प्राविधिक तथा व्यावसायिक शिक्षा महाशाखामा सरुवा भएका छन् । सापकोटा आयोगमा सरुवा भएपछि प्रवक्ताको जिम्मेवारी विद्यालय शिक्षा महाशाखाका प्रमुख केशव दाहालले पाएका छन् ।

प्रतिक्रिया