Edukhabar
आइतबार, १६ बैशाख २०८१
खबर/फिचर

त्रिविको प्रश्नपत्र अब अङ्ग्रेजी र नेपाली भाषामा

आगामी प्रथम वर्षको परीक्षा देखिनै अनिवार्य रूपमा लागु हुने

शुक्रबार, १६ चैत्र २०८०

काठमाडौँ–त्रिभुवन विश्वविद्यालय (त्रिवि)को प्रश्नपत्र अब अङ्ग्रेजी भाषामा पनि हुने भएको छ ।

त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बिहीबार बसेको बैठकले विश्वविद्यालयबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायहरुको स्नातक तहका प्रश्न पत्र अङ्ग्रेजी र नेपाली भाषामा गर्न लागेको हो ।

त्रिविले जारी गरेको सूचनामा भनिएको छ,‘प्रश्नपत्र तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा आगामी प्रथम वर्षको परीक्षा देखिनै अनिवार्य रूपमा लागु गरी क्रमशः दोस्रो तेस्रो र चौथो वर्षमा समेत लागु गर्ने निर्णय गरेको बेहोरा यसै सूचनाबाट जानकारी गराइन्छ ।’ 

०८० असार ५ मा प्रतिनिधिसभा बैठकको शून्य समयमा शिक्षामन्त्री  सुमना श्रेष्ठले विद्यार्थीले अंग्रेजी भाषा नबुझेर नै फेल हुने भएकोले नेपाली भाषामा पनि प्रश्न पत्र हुनु पर्ने बताएकी थिइन । उनले भनेका थिइन,‘जबसम्म प्रश्न नै बुझिँदैन उत्तर के दिने ? हजारौँ विद्यार्थीहरू आफू पढेको बुझेको विषय पनि प्रश्न नबुझेको कारण जवाफ लेख्न सक्दैनन् र फेल हुन्छन् ।’ 

सांसद हुँदा संसदमा बोलेको कुरालाई उनले आफू मन्त्री भएपछि त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बराललाई नेपाली भाषामा प्रश्नपत्र बनाउने विषयमा पहल गरेकी थिइन । 

 

प्रतिक्रिया