Edukhabar
विहीबार, २७ बैशाख २०८१
गतिविधि

११९ विद्यार्थीलाई जनक छात्रवृत्ति

शनिबार, १७ चैत्र २०८०

काठमाडौँ–जनक खड्का छात्रवृत्ति कोषले सामुदायिक र निजी विद्यालयका एक सय १९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । 

सुर्यविनायक नगरपालिका दधिकोटका किरण खड्का र दुर्गा खड्काले छोराको नाममा स्थापना गरेको कोषको ब्याजबाट विद्यार्थीलाई छात्रवृत्ति र स्टेशनरी सामाग्री प्रदान गरेका हुन् ।

मृत्यु भइसकेका छोरा जनकको नाममा उनीहरूले  २५ लाखको कोष खडा गरेका छन् । कोषका सदस्य सचिव केशव खड्का अनुसार शनिवार सुर्यविनायक नगरपालिकाका १, २, ३, ४, ५ र ७ नम्बर वटाका १२ वटा सामुदायिक विद्यालयका १६ जना, अरनिको मावि गाम्चाका ४६ जना, गणेश भारती मावि काभ्रे बासडोलका २१ जना, बाल सुधार मागि गोकर्णका २० जना, रेन्बो अङ्ग्रेजी माविका २ जनालाई छात्रवृत्ति प्रदान गरिएको हो ।

त्यस्तै किर्तिपुरको ग्रीन भ्याली स्कुलका २ जना, पोखरा आदर्श माविका २ जना र सुर्यविनायक नगरपालिका काक्राबारीको सरस्वती माविका १० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको खड्काले बताए । 

विद्यार्थीलाई ७ लाख ५७ हजार ६ सय नगद र स्टेशनरी प्रदान गरिएको उनले जानकारी दिए । 

 

प्रतिक्रिया