Edukhabar
मंगलबार, १८ बैशाख २०८१
गतिविधि

शिक्षामन्त्रीले एक महिनामा के गरिन् ?

शुक्रबार, २३ चैत्र २०८०

काठमाडौं-शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आफ्नो एक महिने कार्यकाल पुरा गरेपछि शुक्रवार पत्रकार सम्मेलन गरेर आफ्नो कार्य प्रगति सार्वजनिक गरेकी छिन् । एक महिनामा नीति निर्माण तहमा काम गरिरहेको उनले बताइन ।

शिक्षा क्षेत्रमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्ने पहिलो निर्णय गरेकी शिक्षामन्त्री श्रेष्ठले आफ्नो कार्य प्रगतिमा वेभ साइटमा तथ्याङ्क सार्वजनिक गरेको देखि कर्मचारी सरुवाको मापदण्ड बनाएकोसम्मको विवरण समेटिएकी छन् । 

  • शिक्षा तथा मानव स्रोत विकास केन्द्र मार्फत विद्यालय तहको तथ्याङ्क सार्वजनिक 
  • ऐन,नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड नीति सार्वजनिक
  • मौजुदा कानुनबारे जनताको सुझाव अनलाइन मार्फत सङ्कलन गर्न फारम सार्वजनिक
  • सामुदायिक र संस्थागत विद्यालयले प्रदान गर्ने छात्रवृत्ति र निःशुल्क शिक्षा सम्बन्धी प्रावधान कार्यान्वयन गर्न स्थानीय तहलाई आग्रह 
  • त्रिविको चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानमा पीसीएल नर्सिङका १४ विद्यार्थी भर्ना भएकै पाठ्यक्रमको आधिकारिकता सुनिश्चितता 
  • कर्मचारी सरुवा सम्बन्धी मापदण्ड जारी 
  • राष्ट्रपति शैक्षिक सुधारको बेथिति रोक्न कार्यक्रम स्थगित, यो बजेट भूकम्प प्रभावित विद्यालय  र चेपाङ, मुसहर बस्तीमा खर्च गरिने 
  • मन्त्रालय अन्तर्गतका नियमित दैनिक, हप्तै पिच्छे र मासिक बैठक सुरु 
  • मन्त्रालय कागजरहित बनाउन कुन फाइल कहाँ छ ? भन्ने थाहा पाउन नयाँ प्रणाली लागू 
  • मन्त्रालयको सामाजिक सञ्जाल सञ्चालनमा ल्याएको 
  • महिनाको उत्कृष्ट कर्मचारी पहिचान गरेर प्रोत्साहनको व्यवस्था सुरु 
  • मन्त्रालय र विभागका अधिकृतसम्मका कर्मचारीले आफू अध्ययन गरेका दुई वटा स्कुलको नियमित जानकारी र सरोकार राख्ने निर्णय 
  • सबै शाखाका कर्मचारीको कार्य विवरण अनिवार्य अद्यावधिक गर्ने निर्णय 
  • ६ वटा महानगरसँगका जनप्रतिनिधिसँग भर्ना, छात्रवृत्ति, बजेटको बारेमा छलफल 
  • ७ वटै प्रदेशका शिक्षा हेर्ने मन्त्रालयसँग, गाउँपालिका र नगरपालिका महासंघको नेतृत्वसँग छलफल 
  • भेटघाट व्यवस्थापन गर्न प्रविधिमैत्री सूचना सम्प्रेषणको व्यवस्था 
  • विश्वविद्यालयको शैक्षिक क्यालेन्डर लागू गर्न विद्यार्थी सङ्गठनसँग छलफल  

प्रतिक्रिया