Edukhabar
विहीबार, १५ चैत्र २०८०
गतिविधि

सीटीईभीटी कर्मचारी संघमा बडु

सोमबार, २१ मंसिर २०७२

भक्तपुर - प्राविधिक शिक्षा तथा व्यबसायिक तालीम परिषद (सीटीईभीटी) कर्मचारी संघको अध्यक्षमा देवदत्त बडु निर्वाचित भएका छन् ।

संघको पाँचौ महाधिवेशनले आगामी दुईवर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्ष रामकिशोर लाल कर्ण, उपाध्यक्षहरुमा यदुप्रसाद पुडासैनी, रजनी देवकोटा, छवि दवाडी, साजन घिमिरे, होमबहादुर महत्रा निर्वाचित भएका छन् । 

त्यसैगरि महासचिवमा शंकर कोईराला, उपमहासचिवमा दीपक टंण्डन, कोषाध्यक्षमा पशुपति बतास लगायत २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । महाधिवेशको नेपाली काँग्रेसका महामन्त्री कृष्ण सिटौलाले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति २०७२ मंसिर २१ गते

प्रतिक्रिया