Edukhabar
सोमबार, १७ बैशाख २०८१
गतिविधि

अधिकारी, ओझा र शेर्पा भए शिक्षाका ‘इम्प्लोई अफ दी मन्थ’

मंगलबार, ०४ बैशाख २०८१

काठमाडौँ–शिक्षा मन्त्रालयले तीन जना कर्मचारीलाई ‘इम्प्लोई अफ दी मन्थ’  घोषणा गरेको छ ।  मन्त्रालयको मंगलबार भएको नियमित बैठकमा शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रालयमा पछिल्लो एक महिनामा उत्कृष्ट काम गर्ने तीन जना कर्मचारीलाई 
उत्कृष्ट कर्मचारी घोषणा गरेकी हुन् । 
निजी क्षेत्रको यो अभ्यासलाई मन्त्री श्रेष्ठले कर्मचारीलाई हौसला प्रदान गर्न सरकारी कार्यालयमा पनि भित्र्याइएकी हुन् । एक महिनाको कार्यकाल पुरा गरेपछि भएको पत्रकार सम्मेलनमा श्रेष्ठले उत्कृष्ट कर्मचारी घोषणा गर्ने निर्णय भएको जानकारी दिएकी थिइन । 
मन्त्रालयका प्रवक्ता केशव दाहालका अनुसार उपसचिव शंकर अधिकारी, विज्ञान प्रविधि महाशाखाका निरीक्षक कविता ओझा, कम्प्युटर अधिकृत निमछिरी शेर्पालाई ‘इम्प्लोई अफ दी मन्थ’ घोषणा गरिएको हो । उपसचिव अधिकारी योजना महाशाखा अन्तर्गतको अनुगमन शाखा प्रमुख हुन् । मन्त्रालयमा पछिल्लो एक महिनाको कामको मुल्याङकनको आधारमा उनीहरुलाई उत्कृष्ट कर्मचारी घोषणा गरिएको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया