Edukhabar
शनिबार, २२ बैशाख २०८१
विचार / विमर्श

‘शिक्षकलाई जसले जिस्क्यायो उसको पतन भएको छ, त्यो कथा नदोहोरिओस् माननीय मन्त्रीज्यूलाई सचेत गराउन चाहन्छु’

खबरदार तपाई जान्नु हुन्न यी संस्थाहरू भित्र कति तागत रहेको छ, दोस्रो असोज उब्जायो भने त्यो हावाले शिक्षा मन्त्रालयको त्यो कुर्सी लडाउन सक्छ ।

सोमबार, १० बैशाख २०८१

शिक्षामन्त्रीले ट्रेड युनियन माथि हमला गर्न लागेको हामीलाई लागेको छ । राजनीतिमा कम अनुभव भएजस्तो हामीलाई उहाँको बोली व्यवहारबाट लागिरहेको छ । 
ट्रेड युनियनको तागत शिक्षकको पेसागत संस्थाको तागतको अनुमान उहाँलाई थाहा छैन । उहाँले आम नेपाली शिक्षक र विद्यालय कर्मचारीहरूलाई जिस्क्याइरहनु भएको छ । खबरदार तपाई जान्नु हुन्न यी संस्थाहरू भित्र कति तागत रहेको छ ।

दोस्रो असोज उब्जायो भने त्यो हावाले शिक्षा मन्त्रालयको त्यो कुर्सी लडाउन सक्छ । माननीय मन्त्रज्यूलाई हेक्का रहोस् हामीले अहिलेसम्म जे गरेका छौ नेपालको संविधानको धारा १८ ले दिएको वैचारिक अधिकार प्रयोग गरेका छौ । धारा ३४ ले दिएको ट्रेड युनियन र सामूहिक सौदाबाजी अधिकारको उपयोग गरेका छौ । हामी श्रमिकहरू हौ ।

शासक र नेतृत्वमा रहने मध्ये शिक्षकहरूलाई जसले जिस्क्याएको छ, उसको पतन भएको छ । त्यो कथा नदोहोरिओस् म माननीय मन्त्रीज्यूलाई सचेत गराउन चाहन्छु । कथित पञ्चायत कालमा व्यवस्था विरोध भएका कारण कारबाही गर्ने भनिएजस्तै समावेशी लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा त्यही पञ्चायतको झल्को दिने गरी मन्त्रालयबाट निर्देशनहरू जारी हुन थालेको छ । त्यस्ता निर्देशन दिनेहरूलाई हामी चुनौती दिन चाहन्छौ । एक जना शिक्षकलाई छोएर हेर हामी हाम्रो तागत देखाइ दिन्छौ । अनि त्यसपछि थाहा हुनेछ, टे«ड युनियनसँग जिस्कियो भने  अरिङ्गाल र अजिंगारसंग जिस्कनु सरह हुन्छ । 

शिक्षक महासंघका महासचिव लक्ष्मीकिसोर सुवेदीले दोस्रो महाधिवेशनमा दिएको अभिव्यक्ति । 

प्रतिक्रिया