Edukhabar
शुक्रबार, ०४ जेठ २०८१
गतिविधि

दलीय भागबण्डाको अन्त्य गरी प्रतिष्पर्धाका आधार नियुक्ति शुरु गरिएको छ : प्रधानमन्त्री

प्रतिष्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

विहीबार, २० बैशाख २०८१

काठमाडौ - दलीय भागबण्डाको अन्त्य गरी योग्यताक्रमका  आधारमा उपकुलपति नियुक्ति गरिएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । हालै नियुक्त भएका पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूले नियुक्ति पत्र बुझेसँगै गरेको भेटमा प्रधानमन्त्री दाहालले विश्वविद्यालयलाई प्रतिष्पर्धी एवं पारदर्शी तवरले सञ्चालन गर्न निर्देशन दिएका छन् । 

'विश्वविद्यालयको उपकुलपति नियुक्तिमा दलीय भागवण्डाको अन्त्य गरी प्रतिष्पर्धाका आधारमा जिम्मेवारी दिन सुरु गरिएको छ' प्रधानमन्त्री दाहालले भने, 'यहाँहरूको नियुक्ति पनि सोही अनुसार भएको हो, आ–आफ्ना जिम्मेवारी निष्पक्ष तवरले पूरा गर्नुहोला ।'

प्रधानमन्त्रीले विश्वविद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गरी विश्व बजारमा प्रतिष्पर्धा गर्ने जनशक्ति उत्पादनमा केन्द्रित हुन समेत उपकुलपतिहरूलाई निर्देशन दिएका छन् ।  

सरकारले हालै पूर्वाञ्चल विश्वविद्यालयमा  प्रा.डा.विजुकुमार थपलिया, मध्यपश्चिम विश्वविद्यालयमा प्रा.डा ध्रुवकुमार गौतम र सुदूरपश्चिम विश्वविद्यालयमा प्रा.डा. हेमराज पन्तलाई नियुक्ति गरेको थियो । 

प्रतिक्रिया