Edukhabar
बुधबार, १२ बैशाख २०८१
गतिविधि

एमयुको २० बर्षे रणनीतिक योजना गोष्ठी माघमा

विहीबार, २४ मंसिर २०७२

काठमाडौँ, २४ मंसिर ।  मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु) को २० बर्षे रणनीतिक योजना निर्माण माघको पहिलो हप्तामा बस्ने कार्यशाला गोष्ठीबाट हुने भएको छ। 

विश्वविद्यालयका उपकुलपति एवम् २० बर्से रणनीतिक योजना निर्माण मूल समितिका अध्यक्ष प्रा.डा. उपेन्द्र कुमार कोइरालाको अध्यक्षतामा सोमबार बसेको बैठकले माघको पहिलो हप्तामा बृहत्तर कार्यशाला गोष्ठीमार्फत योजना निर्माण गर्ने निर्णय गरेको हो । 

साथै बैठकले विश्वविद्यालयका रणनीतिक योजनाका बिषयबस्तुलाई बस्तुगत रुपमा समेटेर कार्यपत्र सहितको बृहत्तर कार्यशाला गोष्ठीको आयोजना माघको पहिलो हप्तामा सुर्खेतमा गर्ने र सो को लागी आवश्यक सूचना तथा तथ्यहरु सङ्कलन गर्ने कार्यलाई तदारुकताका साथ सञ्चालन गर्ने निर्णय पनि गरेको छ । 

यसैबीच सुर्खेत उद्योग बाणिज्य संघको मङ्सिर १३ गतेको बैठकले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको व्यवस्थापन सङ्काय अन्तर्गत एमविए, विविए र इन्जिनियरिंग सङ्कायको वार्षिक परिक्षामा सर्वाधिक अंक सहित उत्तीर्ण हुने एक÷एक गरी जम्मा तीन जना उत्कृष्ट विद्यार्थीलाई सुर्खेत उद्योग बाणिज्य संघको तर्फबाट SCCI (Surkhet Chamber of Commerce and Industry ) Award का रुपमा जनही एक÷एक वटा स्वर्णपदक   सहित सम्मान गर्ने निर्णय गरेकोमा संघप्रति बैठकले आभार व्यक्त गरेको छ। 

यसै बीच मध्यपश्चिमाञ्चल विश्वविद्यालयको २० बर्षे रणनीतिक योजना निर्माणका क्रममा वर्दियाको गुलरिया  र बाँकेको नेपालगंजमा आयोजना गरिएका सुझाव सल्लाह र रायलाई समिक्षा गर्न थालिएकोमा राय सुझाव प्रदान गर्नेहरुका सल्लाह सुझाव समेट्ने निर्णय भएको विश्वविद्यालयका सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए । 

 

प्रतिक्रिया