Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

‘मप विश्वविद्यालयले पालुवा फेर्न सकेन’

विहीबार, २४ मंसिर २०७२

काठमाडौँ, २४ मंसिर । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु) सुर्खेतका पुर्व उपकुलपती कालिप्रसाद पाण्डेले विश्वविद्यालयले अहिलेसम्म नयाँ पालुवा नफेरेको दावी गरेका छन् । स्थापना भईसकेको ५/६ भईसक्दासमेत कुनै नयाँ काम नभएको उनको जिकिर थियो । 

मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा विज्ञान संकायको आयोजनामा बुधबार भएको २० वर्षे रणनैतिक योजना तर्जुमा सम्बन्धी  बिचार गोष्ठीमा पाण्डेले यस्तो बताएका हुन् । अहिले विश्वविद्यालय स्थापना नै नभएको आभाष भएको पाण्डेले बताए । मध्यपश्चिमबासीहरु लड्दालड्दै पनि पछाडी पार्न खोजिएको भन्दै पाण्डेले अहिलेको कार्यसमितीले चाहेअनुसार काम नगरेकाले विगठन गर्न सकिने समेत दाबी गरे । 

यस्तै मध्यपश्चिमाञ्चल विश्वविद्यालय निर्माण गर्नमा सुर्खेत क्याम्पस (शिक्षा) को ठुलो देन भएकाले उच्च पदस्थमा पनि शिक्षाका कर्मचारी रहेको दावी गरे । विश्वविद्यालयले बनाएको कार्ययोजनाको सहज कार्यान्यवन गर्न सुझाव दिदै दर्शन तथा लक्ष्य÷उद्देश्यका साथ अगाडी बढ्न अनुरोध गरे ।

यस्तै कार्यक्रममा क्षेत्रीय शिक्ष निर्देशनालय सुर्खेतका उपनिर्देशक भक्तबहादुर खड्काले जल्दोबल्दो समयलाई ख्याल गरी शिक्षण सिकाई पद्धतिलाई परिमार्जन गरिनुपर्ने र भौतिक संरचना निर्माण गर्दा अनावश्यक प्राकृतिक सम्पदाको नास नगर्न सुझाव दिए ।

सहभागीहरुलाई स्वागत गर्दै लक्ष्मीप्रसाद आचार्यले अहिलेका प्राबिधिक शिक्षा नामले मात्र प्राविधिक भएको, दक्ष जनशक्ति उत्पादन गर्न नसकिएको बताए । विश्वविद्यालयको संरचना÷स्वरुप, नेतृत्व विकास, शैक्षिक कार्यक्रम, भौतिक संरचना निर्माणलगायतका २० वटा रणनीतिको बारेमा मप विश्वविद्यालयका रजिस्ट्रार महेन्द्रकुमार मल्लले जानकारी गराएका थिए ।

 

प्रतिक्रिया