Edukhabar
शुक्रबार, २८ मंसिर २०८१
गतिविधि

निजी र सामुदायिक विद्यालय सँगसँगै छौ–प्याब्सन अध्यक्ष

सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न प्याब्सन सम्मेलनमा सामुदायिक विद्यालयका ३५ जना प्राचार्यलाई समेत सहभागी

शुक्रबार, १४ मंसिर २०८१

 

काठमाडौँ– निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन शुक्रवारदेखि काठमाडौँमा सुरु भएको छ ।

प्याब्सनका अध्यक्ष डीके ढुङ्गानाले मुलुकको विद्यालय शिक्षा सुधार गर्न निजी र सामुदायिक विद्यालय सँगसँगै रहेको बताएका छन् । सहर र दुरराजमा अन्तर्राष्ट्रिय स्तरका सामुदायिक विद्यालय सरहको शिक्षा दिने निजी विद्यालय रहेको उनले बताए । 

‘अन्तर्राष्ट्रिय स्तरको र सामुदायिक सरह सुविधा दिने निजी विद्यालय पनि छन्,’तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनमा उनले भने,‘लामो समय देखि गुणस्तर अभिवृद्धिमा सामुदायिक विद्यालयलाई पनि सँगै लैजानु पर्छ भनेर प्याब्सनले काम गरिरहेको छ ।’ 

सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न प्याब्सन सम्मेलनमा सामुदायिक विद्यालयका ३५ जना प्राचार्यलाई समेत सहभागी गराएको उनले बताए । 

sahabhagi

६ अर्बको लगानी, चार लाखलाई रोजगारी दिएको निजी विद्यालयले ७३ जिल्लामा फैलिएको ढुङ्गानाले बताए । संसदमा विधेयक लैजानु अघि प्याब्सनले राखेको माग सरकारले सम्बोधन गरेको उनले बताए । ‘उहाँले नै हाम्रो माग सम्बोधन हुने गरी संसदमा विधेयक पेश गरिदिनु भयो । हाम्रो माग सुनुवाइ गर्न उपप्रधानमन्त्रीको संयोजकत्वमा समिति बनाइदिनु भयो,’कार्यक्रमका प्रमुख अतिथि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद दिँदै ढुङ्गानाले भने,‘निजी क्षेत्रको कुरा सुन्न पर्छ भनेर वार्ता समिति बनाएर जुन पहल भयो । फलस्वरूप विधेयक पुनलर्खेन गरेर संसदमा गएको हो ।’ सरकारले अनिवार्य तथा निःशुल्क शिक्षा लागू गर्ने भन्दै लागि परेको अवस्थामा निजी विद्यालयले लिने शुल्क कसले व्यहोर्ने भन्ने यकिन हुनु पर्ने उनले बताए । 

 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन शुक्रवारदेखि सुरु भएको हो । कार्यक्रमको माओवादी अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका हुन् । 

नेपालमै गुणस्तरीय शिक्षा प्रदान गर्दै विश्व शैक्षिक मञ्चमा उपस्थिति देखाउने उद्देश्यले स्वदेशी शिक्षालय र शिक्षाकर्मीलाई प्रतिस्पर्धी बनाउन प्याब्सनले हरेक वर्ष सम्मेलन गर्दै आएको छ । काठमाडौँको हायत होटलमा भइरहेको यस वर्षको सम्मेलन शनिवारसम्म चल्नेछ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहजीकरण र ब्रिटिस काउन्सिलको प्राविधिक सहयोगमा ‘लिडिङ चेन्ज’ शीर्षकमा नेतृत्व विकास गर्ने उद्देश्य राखिएको प्याब्सनले जनाएको छ । 

फिनल्यान्ड, बेलायत, क्यानडा, दक्षिण एसियाका शिक्षासम्बन्धी विज्ञ एवं प्रतिष्ठित वक्ताहरू सम्मेलनमा सहभागी भएका छन् ।

forign कक्षा कोठाको सुधार, नेतृत्व विकास, कृत्रिम बौद्धिकता (एआई),  डिजिटल शिक्षासम्बन्धी विषयहरूमा बहस हुने कन्फ्रेन्स प्रमुख कुमार थापाले बताए । १२ भन्दा बढी सेसन र चारभन्दा बढी महत्त्वपूर्ण कि नोट स्पिच सम्मेलनमा हुने उनले बताए । 

सम्मेलन निजी विद्यालय र सामुदायिक विद्यालयका सञ्चालक, प्रिन्सिपल, कोर्डिनेटर, शिक्षक सहभागी भएका छन् । 

प्रतिक्रिया