Edukhabar
विहीबार, १८ बैशाख २०८२
गतिविधि

२९ औं दिनमा सडक प्रर्दशन अन्त्य गर्न महासंघ सहमत

आजकै मितिबाट सडक प्रदर्शन स्थगित, परीक्षा सहित रोकिएका शैक्षिक गतिविधि शुरु हुने, ऐन जारी गर्ने मिति नै तोक्नु सफलता भएको महासंघका अध्यक्षको प्रतिकृया

बुधबार, १७ बैशाख २०८२

काठमाडौं - नेपाल शिक्षक महासंघले जारी सडक प्रदर्शन अन्त्य गर्ने भएको छ । असार १५ गते भित्र प्रतिनिधि सभाबाट शिक्षा विधेयक पारित गर्न संसदीय समिति, मुख्य दलका मुख्य सचेतकहरु सहित भएको छलफलमा सहमती भएसँगै प्रदर्शन अन्त्य गर्न महासंघ सहमत भएको हो । 

विधेयक जारी गराउने एक मात्र लक्ष्य लिएर शुरु गरेको सडक  प्रदर्शनले ऐन जारी गर्ने मिति नै तोक्नु सफलता भएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले दावी गरे । 

सहमती पछि मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले विगत देखिका सहमतीलाई ध्यानमा राखि सहमती गरेको बताए । 

वृत्ति विकास र सेवा सुविधाको माग मन्त्रीपरिषद्बाट निर्णय भएको बताउँदै उनले आजकै मितिबाट सडक प्रदर्शन स्थगित भएको बताए । तोकिएको समयमा ऐन जारी नभएमा अहिले भन्दा कडा आन्दोलनमा जान वाध्य हुने उनले बताए ।  
सडक आन्दोलन रोकिएपनि पक्षीकरण जारी रहने उनले बताए । 

शिक्षक संग भएको सहमतीसँगै आठ अर्व दायित्व थप हुने बताउँदै शिक्षा मन्त्री रघुजी पन्तले अब निर्वाध शैक्षिक गतिविधि सञ्चालन हुने बताए । 

प्रतिक्रिया