भक्तपुर - कक्षा १२ को परीक्षामा मोवाईल फोन बोकेर जाने सबै विद्यार्थीको परीक्षा रद्द गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आईतबारबाट शुरु परीक्षा अन्तरगत केही परीक्षा केन्द्रहरुमा मोवाईलको प्रयोग गरेको भेटिएपछि यस्तो निर्णय गरेको बोर्डले जनाएको छ ।
परीक्षाहल भित्र मोवाइल फोन, स्मार्ट घडी लगायतका इलेक्ट्रोनिक्स डिभाईस लैजान पूर्ण रुपमा निषेध गरिएको स्मरण गराउँदै बोर्डले केही केन्द्रहरुमा मोवाईलको प्रयोग गरेको पाईएकोले त्यस्ता मोवाईल जफत गरी सम्बन्धित विद्यार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द गरिएको जनाएको छ ।
'परीक्षाको मर्यादा निषेधित इलेक्ट्रोनिक्स डिभाइस परीक्षाहलमा नलैजान सूचीत गरिन्छ' बोर्डले बिहीबार फेरी सूचना निकालेर भनेको छ, 'सूचनाको अवज्ञा गरेको पाइएमा सम्पूर्ण विषयको परीक्षा रद्द हनुे छ ।'
यसैबिच बिहीबारको परीक्षामा, परीक्षाको मर्यादा विपरीत कार्य गरेको पाइएकोले साइपल एकेडेमी सुकेधारा, काठमाडौंका केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षलाई निष्काशन गरी नयाँ केन्द्राध्यक्षतोकिएको पनि बोर्डले जनाएको छ ।
प्रतिक्रिया