Edukhabar
सोमबार, ०५ जेठ २०८२
गतिविधि

अवकाश प्राप्त शिक्षकलाई परिचालन गरी नतिजा सुधार्ने घोषणा

विद्यार्थी संख्या कम भएका विद्यालयलाई मर्जरमा जान प्रोत्साहन, सामुदायिक तथा संस्थागत विद्यालयका असल अभ्यासको आदान प्रदान गर्ने कार्यमा सहजीकरण गरिने

सोमबार, ०५ जेठ २०८२

बुटवल - कक्षा १० को अन्तिम परीक्षा एसईईलाई महत्व दिँदै लुम्बिनी प्रदेश सरकारले अवकाश प्राप्त शिक्षकलाई परिचालन गरी नतिजा सुधार गर्ने घोषणा गरेको छ । सोमबार* बसेको प्रदेश सभामा आगामी बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले सोही परीक्षाको नतिजाको आधारमा विद्यालयलाई अनुदान उपलब्ध गराइने घोषणा गरेका छन् । 

'माध्यमिक शिक्षा परीक्षा एसईईमा प्राप्त नतिजाको आधारमा विद्यालयलाई अनुदान उपलब्ध गराइनेछ, विद्यार्थीको सिकाइ उपलब्धिमा शिक्षकलाई जिम्मेवार र जवाफदेही बनाउँदै लगिनेछ' नीति तथा कार्यक्रममा भनिएको छ 'अवकाशप्रास प्राध्यापक तथा शिक्षकको ज्ञान, सीप र अनुभवलाई शैक्षिक उन्नयनमा उपयोग गर्ने व्यवस्था मिलाइने छ ।'

गणित र विज्ञान विषयको नतिजा सुधारका लागि शिक्षकलाई तालिम र प्रोत्साहनका कार्यकम सञ्चालन गरिने उल्लेख गरिएको नीतिमा उल्लेख शिक्षाका विषय यस प्रकार छन् : 

– प्राविधिक एवं उच्च शिक्षालाई पहुँचयोग्य, गुणस्तरीय, सर्वसुलभ र समयसापेक्ष बनाउन प्रादेशिक शिक्षा नीति तर्जुमा गरिनेछ ।

– सामुदायिक विद्यालयप्रति सरोकारवालाको अपनत्व बढाउन “मेरो विद्यालय मेरो दायित्व” अभियानलाई सबै विद्यालयमा विस्तार गरिनेछ । स्थानीय पाठ्यक्रममा सकारात्मक सोच, योग, ध्यान, मानव मूल्य तथा खुसी
अभिवृद्धि गर्ने विषय समावेश गर्न प्रोत्साहन गरिनेछ ।

– प्राज्ञिक अनुसन्धान, वैज्ञानिक सोच र नवप्रवर्तनका लागि विज्ञान, प्रविधि, ईञ्जिनियरिङ र गणित (स्टेम) शिक्षालाई बिस्तार गर्दै लगिनेछ । उच्च शिक्षामा अनुसन्धानलाई सहभागितामा गराइने अनुसन्धानका लागि “अनुसन्धान वृत्ति कार्यकम” सञ्चालन गरिनेछ ।

– शैक्षिक गुणस्तर सुधारका लागि उच्च शिक्षामा आवश्यक भौतिक तथा शैक्षिक पूर्वाधार विकास गर्ने कार्यलाई विस्तार गर्दै लगिनेछ । भौतिक पूर्वाधारलाई विपद् उत्थानशील बनाई विपद्को अवस्थामा पनि शिक्षण सिकाइको निरन्तरता हुने व्यवस्था मिलाइनेछ ।

– प्रदेश सरकार, औद्योगिक प्रतिष्ठान र उच्च शिक्षा प्रदायक संस्थाहरुको सहकार्यमा जनशक्तिको आवश्यकता प्रक्षेपण गरी तद्नुरुप जनशक्ति विकास गर्दै जाने व्यवस्था मिलाइनेछ ।

– प्रदेश गौरवको आयोजनाको रुपमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयको भौतिक तथा अन्य संरचना विकास गरी प्राविधिक उच्च शिक्षाको उत्कृष्ट केन्द्रको रुपमा विकास गर्दै लगिनेछ । विदेशी विद्यार्थीलाई आकर्षित गर्न छात्रवृत्तिको समेत व्यवस्था गरिनेछ।

– विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई इन्टर्नसीप तथा स्वयंसेवाका लागि परिचालन गर्ने व्यवस्था मिलाइनेछ ।

–  विध्यालय शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममा पहुँच नभएका तथा पहुँच कम भएका दलित, जनजाति, अपाइता भएका व्यक्ति, मुक्तकमैया, कम्लहरी, पिछडावर्ग , विपन्न वर्गलगायत लक्षित समुदायको शिक्षामा पहुँच बढाउन आवश्यक कार्यकम सञ्चालन गरिनेछ। विध्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्न सामुदायिक तथा संस्थागत विद्यालयका असल अभ्यासको आदान प्रदान गर्ने कार्यमा सहजीकरण गरिनेछ।

– “पढ्दै, सिक्दै, कमाउँदै” अवधारणा बमोजिम प्राविधिक शिक्षालय र उच्च शिक्षा प्रदायक संस्थालाई उत्पादन इकाइको रूपमा समेत विकास गर्न स्थानीय तह, शिक्षालय तथा उच्च शिक्षा प्रदायक संस्थासँगको साझेदारीमा कार्यकम सञ्चालन गरिनेछ।

– “शिक्षासँगै सीप पनिू अभियान अन्तर्गत युवा विधार्थीलाई उद्यमशील बनाउन र रोजगारीका अवसरहरु वृद्धि गर्न प्रत्येक विधार्थीले सम्बन्धित शैक्षिक संस्था मार्फत  कम्तिमा एउटा नवप्रवर्तनमा आधारित सीपमूलक तालिम
लिने व्यवस्था मिलाइनेछ ।

– प्रदेशमा सञ्चालित प्राविधिक शिक्षालय मध्येबाट खनौट गरिएको एउटा शिक्षालयलाई नमूनाको रूपमा विकास गर्न शैक्षिक एवम् प्रविधिमैत्री पूर्वाधार तथा संरचना निमाण कार्यमा सहयोग पुन्याईनेछ।

– प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमलाई निजी, गैरसरकारी क्षेत्र, उच्चोगी एवम् व्यवसायीको सहभागितामा बजारको आवश्यकतामा आधारित सीप विकास तालिम, औधोगिक प्रशिक्षार्थी तालिम, वृत्ति मार्गदर्शन, अनौपचारिक तथा अरीतिक सिकाइको परीक्षण र प्रमाणीकरण गर्ने व्यवस्था मिलाइनेछ ।

– प्रयोगशाला, पुस्तकालय, नवप्रवर्तन इकाइ, उत्पादन इकाइ, ज्ञान व्यवस्थापन इकाइ जस्ता संरचना तथा पूर्वाधारको विकास एवम् विस्तार गरी शिक्षालाई सीप विकास, नवपरवर्तन र उद्यमशीलता उन्मूख बनाइनेछ।

– स्थानीय तहसँगको सहकार्यमा शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचान एवम् प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गरिनेछ।

– माध्यमिक शिक्षा परीक्षा (छ६ज्ञ मा परास्त नतिजाको आधारमा विद्यालयलाई अनुदान उपलब्ध गराइनेछ।

– लुम्बिनी प्राविधिक विश्वविधालय, सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान, शिक्षा तालिम केन्द्र र नवप्रवर्तन केन्द्रको प्राविधिक सहयोगमा शिक्षण विधि र पद्धतिमा सुधार तथा रुपान्तरण गर्दै लगिने छ ।  

– माध्यमिक शिक्षा (कक्षा ११ र १२ ) र उच्च रिक्षामा अध्ययनरत लक्षित वर्ग, क्षेत्र, लिङ्क र समदायका विद्यार्थीलाई छात्रवृत्ति उपलव्ध गराई शिक्षामा पहुँच र सहभागिता विस्तार गर्दै लगिनेछ।

– विशेष शिक्षा सञ्चालन गर्ने ख्रोत कक्षालाई दिँदै आएको सहायतालाई निरन्तरता दिइनेछ। मदरसा, गुरुकुल गुम्बा जस्ता परम्परागत विद्यालयलाई अन्य विद्यालय सरह नियमन तथा सहजीकरण गर्ने व्यवस्था मिलाइनेछ।

– मानव विकास सूचकाङमा पछ्लाडि परेका स्थानीय तहमा सञ्चालित वियालयमध्ये विधार्थी संख्या धेरै भएका स्कुलमा विद्यालय स्वास्थ्यकर्मी कार्यकमलाई विस्तार गर्दै लैजाने व्यवस्था मिलाइनेछ ।

– साक्षरता, निरन्तर शिक्षा तथा आजीवन सिकाइ कार्यकमलाई निरन्तरता दिँदै साक्षरतालाई जीवनोपयोगी सीपसँग आवद्ध गरिनेख। नेपाल सरकारसँगको समन्वय र सहकार्यमा अनौपचारिक शिक्षाको समकक्षता निर्धारणका लागि आवश्यक सहजीकरण गरिनेछ ।

– बालबालिकाको शिक्षा पाउने मौलिक हक सुनिश्चित गदै स्थानीय तहको समन्वयमा विद्यार्थी संख्या कम भएका विद्यालयलाई मर्जरमा जान प्रोत्साहन गरिनेछ।

– सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीलाई सरकारी अस्पतालमा उपचारका लागि छुट एवम् सहुलियत प्रदान गर्न सम्भाव्यता अध्ययन गरिनेछ।

– आँगिक  क्याम्पस नभएका जिल्लामा सञ्चालित सामुदायिक क्याम्पसमध्ये बढी विद्यार्थी अध्ययनरत रहेका एक एक वटा क्याम्पसलाई नमूना सामुदायिक क्याम्पसका रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ ।

‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ नारासहित नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ । 

* सच्याईएको - संं.

प्रतिक्रिया