काठमाडौं - कक्षा १० को अन्तिम परीक्षा एस्ईईको नतिजा प्रकाशित भएको खबर गत साता चर्चामा रह्यो । नतिजामा ६१ दशमलब ८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । अघिल्लो वर्ष ४८ प्रतिशतले ग्रेड पाएको तुलनामा यसवर्ष झण्डै १४ प्रतिशत बढीले ग्रेड पाएको हुन् । राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको नतिजा अनुसार नियमित तर्फ चार लाख ३९ हजार विद्यार्थी परीक्षामा सहभागी भएकोमा दुई लाख ७१ हजार विद्यार्थीले ग्रेड पाए भने एक लाख ६७ हजार विद्यार्थी नन्ग्रेडेड । कक्षा १० को अन्तिम परीक्षा र यसको नतिजा प्रकाशनको हल्ला खल्लासँग जोडिएको स्वार्थ विचित्रको छ । यही विषयमा केन्द्रित समीक्षा र टिप्पणी ।
विस्तृतमा यो सामग्री पढ्न चाहनु हुन्छ भने क्लिक गर्नुहोस् : प्रम नै शिक्षामा निजी लगानी प्रवर्द्धन अभियानमा
प्रतिक्रिया