काठमाडौ - संघीय संसदको शुक्रबार बसेको बैठकले शिक्षाका लागि संसदीय समिति गठन गरेको छ । शिक्षाको विषयलाई समेत हेर्ने गरी संसदमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति रहेको छ । उक्त समितिमा २७ सदस्य रहेका छन् । बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गरेको समिति गठनको प्रस्तावलाई सभाले स्वीकृत गरेको हो ।
संसदीय समितिलाई मिनि संसद समेत भनिन्छ । सरकारको कामको मूल्याङ्कन तथा विभिन्न विधेयकहरूमा छलफल गरी टुङ्गो लगाउने जिम्मेवारी समितिलाई हुन्छ ।
समितिमा रहेका सदस्यहरुका नामावली यस प्रकार छ :
यस अघिको संसदमा शिक्षा समितिमा २६ सदस्य थिए : शिक्षाका लागि २६ सदस्यीय संसदीय समिति गठन
नयाँ शिक्षा ऐन निर्माणमा यो समितिको महत्वपूर्ण भूमिका रहने छ । नयाँ संविधान जारी भएसंगै बदलिएको राज्यको संरचना अनुकुलको शिक्षा ऐन नहुँदा एक दशक देखि शैक्षिक क्षेत्र तदर्थमा चलिरहेको छ ।
अघिल्लो समितिले शिक्षा विधेयकमा लामो छलफल गरे पनि शिक्षामा जारी निजी लगानीको नियमन र विद्यालय शिक्षाको अधिकार स्थानीय सरकार मातहत हुने संविधानको व्यवस्था कार्यान्वयनको सवालमा रस्साकस्सी चलेको थियो । विधेयकमा गरमागरम बहस जारी रहेकै बेला भएको जेन जी बिद्रोहसँगै शिक्षा ऐन निर्माण पनि अलपत्र परेको थियो । सोही बिद्रोहको जगमा भएको निर्वाचन पछिको संसदले गठन गरेको समितिले फेरी उक्त विधेयकलाई टुङ्गो लगाउनु पर्ने छ । अघिल्लो पटक गठबन्धन सहितको सत्ताधारी दलका नेताहरुको स्वार्थले पेचिलो बनेको ऐन निर्माणको शैली यस पटक झण्डै दुई तिहाईको समर्थन साथ पहिलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टिलाई ऐन निर्माणका लागि तुलनात्मक रुपमा सहज अवस्था छ ।
संघीय संसद् अन्तर्गत शिक्षा सहित १६ वटा संसदीय विषयगत समिति रहेका छन् । राष्ट्रिय सभा अन्तर्गतका चार वटा संसदीय विषयगत समिति यसअघि नै गठन भइसकेका छन् । बाँकी दुई वटा संयुक्त समिति हुन्छन् । प्रतिनिधिसभा अन्तर्गतका शिक्षा सहित १० वटा विषय समिति शुक्रबार गठन गरिएको हो । समितिको पहिलो बैठक बसेको १५ दिन भित्र समिति सभापति चयन गर्नुपर्ने संसद नियमावलीमा व्यवस्था छ । त्यतिबेलासम्म समितिको नेतृत्व जेष्ठ सदस्यले गर्नेछन् ।
सभामुख अर्यालले समितिको सभापतिको निर्वाचन वैशाख ४ गतेका लागि घोषणा गरेका छन् ।
यस अघि प्रतिनिधिसभाको उपसभामुख चयनका लागि भएको प्रकृया अन्तरगत उक्त पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थन थियो । शुक्रबार नै बसेको संघीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधा गरेका थिए ।
पढ्नुहोस् : शैक्षिक प्रणाली सुधारमा सरकारले ध्यान दिनेछ : राष्ट्रपति
यो संगै प्रतिनिधिसभाको चालु अधिबेशन सकिएको छ । जेन जी बिदैोहको जगमा भएको निर्वाचन पछि गठित संसदको पहिलो अधिवेशन चैत १९ गते बसेको थियो । बैठक शुरु भएको ९ दिनमा बसेको ६ वटा बैठकले प्रतिनिधिसभाको सभामुख र उपसभामुख चयन गर्यो । २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गर्यो । प्रतिनिधिसभा नियमावली बनाउन १५ सदस्यीय मस्यौदा समिति गठन गरिएको छ ।
प्रतिक्रिया