Edukhabar
विहीबार, १५ चैत्र २०८०
गतिविधि

एमयुका निर्देशक गौतमद्धारा पदभार ग्रहण 

विहीबार, ०९ पुस २०७२

काठमाडौँ, ९ पुस । खर्च पारदर्शी नभइरहेको भन्दै एमाओवादी निकट अखिल क्रान्तिकारीले लगाएको तालाबन्दीका बीच मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु) सुर्खेतको योजना ,अनुगमन तथा विकास परिषद्का कार्यकारी निर्देशक प्रा. हिरण्य प्रसाद गौतमले पदभार ग्रहण गरेका छन् । 

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. उपेन्द्र कुमार कोइराला र रजिष्ट्रार डा.महेन्द्र कुमार मल्लको उपस्थितिमा उनले बुधबार  पदभार ग्रहण गरेका हुन् । 

कार्यक्रममा बोल्दै उपकुलपति प्रा.डा. कोइरालाले विश्वविद्यालयको मुटु भनेको योजना तथा विकास परिषद भएकोले अनुभवी, योग्य र भिजनरी नेतृत्वले विश्वविद्यालयका गतिविधिहरु योजनाबद्ध रुपमा संचालन गर्न सहज हुने बताए । 

त्यसै गरी रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लले विश्वविद्यालयमा प्रा. हिरण्य प्रसाद गौतमको विज्ञता र अनुभवले विश्वविद्यालयको योजना र विकासको काम गतिशील हुने अपेक्षा व्यक्त गरेका थिए । 

त्यसै गरी पदभार ग्रहण गर्दै कार्यकारी निर्देशक गौतमले विश्वविद्यालयको प्रमुख योजना भनेको कक्षाकोठा व्यवस्थित गर्ने बाट सुरु हुने र आफ्नो प्रमुख योजना कक्षाकोठामा हुने पठनपाठनलाई व्यवस्थित र मर्यादित बनाउनेमा केन्द्रित हुने दाबी गरे । 

यसै विच मध्यपश्चिमाञ्चल विश्वविद्यालय विभिन्न विद्यार्थी सङ्गठनले विश्वविद्यालय र विद्यार्थीको हितमा राखेका  जाहेज मागहरू अबिलम्ब पुरा गर्ने गरी निर्णयाक वार्ता हुने विश्वविद्यालयले जनाएको छ । 

प्रतिक्रिया