Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

सहमति भएर पनि खुलेन विश्वविद्यालयको तालाबन्दी  

विहीबार, ०९ पुस २०७२

काठमाडौँ, ९ पुस । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गत पौष २ गते विभिन्न माग राखी एमाओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) ले विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारको कार्यकक्षमा गरिएको तालाबन्दी विश्वविद्यालयको वार्ता समिति र अखिल (क्रान्तिकारी) वार्ता समिति विच ताला खोल्ने सहमति भएपनि तालाबन्दी खुल्न सकेको छैन् ।

बुधबार साझँ दुवै पक्ष विच ५ जना भन्दा कम विद्यार्थी सङ्ख्या भएमा पनि पढ्न सक्ने, विद्यार्थीहरुले पाउने सम्पूर्ण आधारभूत आवश्यकताहरू र सुविधाहरू सरल र सहज रुपमा प्रदान गर्ने, स्वतन्त्र विद्यार्थी युनियनको मिति घोषणा गर्ने, विश्वविद्यालयमा प्राज्ञिक वातावरण वनाउने , मितव्ययी रुपमा विश्वविद्यालय संचालन गर्ने, विधि र प्रक्रियाबाट विश्वविद्यालय संचालन गर्न थिति वसाल्ने, विश्वविद्यालयबाट उत्पादित जनशक्तिको व्यवस्थापन गर्ने ठोस र बैज्ञानिक कार्ययोजना निर्माण गर्ने लगायतका विषयमा  सहमति भएपछि ताला खोल्ने सहमति भएर प्रेस विज्ञप्ती जारी गरेपनि ताला नखुलेको विश्वविद्यालयका सुचना अधिकारी विष्णु कुमार खड्काले जानकारी दिए ।  

विश्वविद्यालयको तर्फबाट वार्ता समितिका संयोजक मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन गणेश बहादुर कार्कीले विश्वविद्यालयको विश्वविद्यालयको वृद्धि भएको शुल्क लगायतका विषयमा १५ दिनभित्र टुङ्गो लगाउने निर्णय भएको जानकारी दिए । 

तर विद्यार्थीले अन्तिम सहमतिमा आशंका व्यक्त गर्दै बृद्धि भएको शुल्क फिर्ता नगरेसम्म ताला नखोल्ने अडान लिएका हुन् ।   सो सहमतिपछि विद्यार्थीले विश्वविद्यालय परिसरभित्र थालेको अनशन भने तोडेका छन् । 

 तालाबन्दीमा प्रध्यापकहरुको आपत्ति 

यसैबीच नयाँ शैक्षिकसत्रको सुरुमा विद्यार्थी भर्ना अभियान संचालन भइरहेको र आन्दोलनका अन्य विकल्पहरू हुँदाहुदै पनि विश्वविद्यालयमा  कार्यरत आम प्राध्यापकहरू र पेसागत संघ संगठनविच कुनै छलफल नै नगरी हठात गरिएको तालाबन्दी आम प्राध्यापकको म्यान्डेट नभएको र निहित स्वार्थबाट प्रेरित भएर विश्वविद्यालयको गरिमालाई समेत कमजोर बनाउने कदम प्रति नेपाल प्रगतिशील प्राध्यापक संगठनले आपत्ति प्रकट गरेको छ । 

संगठनका अध्यक्ष तेज विक्रम वस्नेत र सचिव विष्णु कुमार खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा  आम प्राध्यापकहरुको पेसागत हक अधिकारको सुनिश्चित गर्न  प्राज्ञिक वातावरणको सिर्जना गर्दै सरोकारवाला संघरसंस्थाहरुसँग आवश्यक छलफल, संवाद र वार्ताबाट  समस्याहरूको समाधान गर्न तथा  विश्वविद्यालयलाई अध्ययन, अध्यापन र अनुसन्धानको आकर्षणको केन्द्र बनाउन आम प्राध्यापकहरूविच साझा सहमति कायम गर्दै  सक्रिय रुपमा लाग्न विश्वविद्यालयमा  क्रियाशील संघ संगठनहरुलाई समेत हार्दिक अपिल गरेका छन् । 

 

सेवा आयोगका अध्यक्ष र सदस्य बर्खास्ती

यसैबीच मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सेवा आयोगका अध्यक्ष पदमा नियुक्ति भएका प्रा.डा. नवराज कडेँले र सदस्य पदमा नियुक्त भएका प्रा.डा. श्रीराम प्रसाद उपाध्याय मिति २०७१ र०४ र२१ देखि लागू हुने गरी निलम्बनमा रहेको र उनीहरु निलम्बनको  अवस्थामा रहेकै बखत अध्यक्ष  प्रा.डा. राधाकुमारी शाह र सदस्य प्रा.डा. मोहनजंग शाहलाई  शिक्षा मन्त्रालयको मिति २०७२ ÷०९÷०२ को पत्रानुसार एकै पदमा दोहोरो पदाधिकार देखिएको कारण देखाउदै मिति २०७२ असोज १८ गतेको नियुक्ति बदर गरिएको पत्र प्राप्त भएको विश्वविद्यालयले जनाएको छ ।

 

 

प्रतिक्रिया