Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

दलीय भागवण्डाकै आधारमा त्रिविमा रजिष्टार र रेक्टर नियुक्त

विहीबार, ०९ पुस २०७२

काठमाडौं - सरकारले त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार र रेक्टर नियुक्त गरेको छ । रजिष्टारमा सहप्राध्यापक डिल्लीराम उप्रेती र रेक्टरमा प्रा.डा. सुधा त्रिपाठीलाई नियुक्त गरिएको हो ।
अर्थशास्त्रका सहप्राध्यापक उप्रेती महेन्द्ररत्न क्याम्पस ताहचलमा प्राध्यापनरत हुन् । उनी एमाले निकट मानिन्छन् भने त्रिपाठी एमाओवादी निकट हुन् । उनी त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा नेपाली विषय प्राध्यापन गर्छिन् ।
त्रिविमा यस अघिनै काँग्रेस निकट डा. तिर्थ खनियाँ उपकुलपतिमा नियुक्त भएका हुन् ।

नौ वटा विश्वविद्यालय मध्ये त्रिवि र नेपाल संस्कृतमा मात्रै रेक्टरको पद छ । अन्य विश्वविद्यालयमा उपकुलपितलेनै रेक्टरको काम गर्छन् । त्रिविको मर्यादाक्रममा रेक्टर माथि भएपनि रजिष्टार कार्यकारी हुने प्राबधान छ ।
यस अघिका रजिष्टार चन्द्रमणि पौडेल र रेक्टर गुणनिधि न्यौपानेको अवधि गत मंसिर २५ गते सकिएपछि ती पद खाली थिए ।
दलहरु विच भागबण्डाका आधारमा नियुक्ति गरिएको हो । 

डा. तिर्थ खनियाँको सिफारिसमा कूलपतिका हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार उप्रेती र त्रिपाठीलाई नियुक्त गरेका हुन् ।

प्रकाशित मिति २०७२ पुस ९ गते

प्रतिक्रिया