Edukhabar
बुधबार, २६ बैशाख २०८१
गतिविधि

कलेज प्रशासक र विद्यार्थीबीच झडप

विहीबार, १६ पुस २०७२

काठमाडौँ, १६ पुस । राजधानीको तिनकुनेस्थित कान्तिपुर हेल्थ साइन्स कलेजमा बलिया भौतिक पुर्वाधार नभएको भन्दै विद्यार्थीले गुनासो गरेपछि कलेज प्रशासन र विद्यार्थीबीच झडप भएको छ। 

झडपमा केही विद्यार्थीहरु घाइते भएका छन् । विद्यार्थीले गुनासो गरेपछि कलेज प्रशासनले गुण्डाहरु बोलाएर विद्यार्थीमाथी आक्रमण गरेको एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का केन्द्रिय सचिवालय सदस्य तथा सिटीइभिटीका इन्जार्च गोविन्द गिरीले आरोप लगाए । कलेजका निर्देशकले आफुलाई समेत आक्रमण गरेको उनले दाबी गरे । 

झडप भएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । झडपका क्रममा केही बेञ्च डेस्क समेत तोडफोड भएका उनले बताए । झडपमा संलग्न भएको भन्दै एकजना छात्रालाई प्रहरीले पक्रेर तिनकुने चौकीमा राखेको पनि उनले जानकारी दिए । 

कांग्रेस निकट बासुँ कोइरालाले सञ्चालन गरेको सो कलेजमा २ सय जति विद्यार्थी अध्ययनरत रहेपनि कलेजको भवन, ल्यावका लागी चाहिने सामग्री पर्याप्त नभएको भन्दै विद्यार्थीले गुनासो गर्दै आएका थिए । 

 

प्रतिक्रिया