Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

काठमाडौँ विश्वविद्यालयको ताला खुल्यो 

शुक्रबार, १७ पुस २०७२

काठमाडौँ, १७ पुस । एकसाता अघिदेखि अखिल क्रान्तिकारीले काठमाडौँ विश्वविद्यालय (केयु)मा लगाएको ताला खुलेको छ। 

बिहीबार केयु र क्रान्तिकारीबीच ५ बुदेँ सहमति भएपछि ताला खोल्ने सहमति भएको हो । 

मेरिट लिस्टका आधारमा भर्ना गर्नुपर्ने, एमबिबिएस र बिडिएसमा तोकिएको शुल्क मात्र लिनुपर्ने, विदेशी विद्यार्थीको एमबिबिएस परीक्षामा भएको अनियमिमताका विषयमा छानबिन गर्ने लगायतका ५ बुँदे सहमति भएपछि दुबै पक्षबीच ताला खोल्ने सहमति भएको हो । 

केयुका रजिष्ट्रार डा.भोला थापा र अखिल क्रान्तिकारीका अध्यक्ष पूर्ण बहादुर सिंहको नेतृत्वमा बिहीबार पहिलो चरणको वार्ता भएको थियो ।

केयुले विगतदेखि नै गल्ती गल्दै आएको र अक्षरंश सहमति पालना मात्र नभई व्यवहारिक रुपमै गर्नुपर्ने भन्दै ताला खोल्न दिइएको क्रान्तिकारीका अध्यक्ष पूर्ण बहादुर सिंहले बताए ।

तर सो सहमतिले क्रान्तिकारीभित्रका केही सदस्य भने असन्तुष्ट रहेको बुझिएको छ । 

 

प्रतिक्रिया