Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

अखिल क्रान्तिकारीद्धारा अर्को कलेजमा तालाबन्दी 

बुधबार, २२ पुस २०७२

काठमाडौँ, २२ पुस ।  पछिल्लो समय एकपछि अर्को शैक्षिक आन्दोलनात्मक गतिविधि गर्दै आएको अखिल क्रान्तिकारीले राजधानीको एउटा कलेजमा तालाबन्दी गरेको छ ।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओावादी निकट क्रान्तिकारीले राजधानीको हाडीगाउँस्थित कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एण्ड अप्लाइड साइन्समा मंगलबार तालाबन्दी गरेको हो । 

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले यसअगाडी आफुसगँ गरेको सहमति पालना नगरेको, भौतिक श्रोत सा्रधन पूर्ण नभएको, छात्रबृत्ति एकनास र जेहेन्दारलाई नबाडेको लगायतका माग गर्दै तालाबन्दी गरिएको क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य तथा पूर्वाञ्चल विश्वविद्यालय संयोजक नरेन्द्र विकले जानकारी दिए । 

यसअगाडी क्रान्तिकारीले एमबिबिएस र बिडिएसमा तोकिएको शुल्क लिनुपर्ने भन्दै केयुमा तालाबन्दी र बढी शुल्क लिएको भन्दै एपेक्स कलेजमा तोडफोड समेत गरेको थियो । 

बढी शुल्क लिने र विद्यार्थीलाई दुख दिने कलेजलाई पहिलो चेतावनी दिने, त्यसपछि ध्यानाकर्षण गराउने र त्यतिले पनि नमाने तालाबन्दी गर्ने आफ्नो संगठनको अभियान रहेको पनि उनले जिकिर गरे । 

 

 

 

प्रतिक्रिया