Edukhabar
मंगलबार, ११ बैशाख २०८१
गतिविधि

पढ्न पाउनु पर्ने शन्देश सहित बुद्ध प्रतिमा बनाउने

बुधबार, २२ पुस २०७२

काठमाडौ - आन्दोलनका नाममा विद्यार्थीको पठन पाठन अबरुद्ध हुँदा अशान्ति छाएको भन्दै शान्तिको शन्देश दिन राजधानीको टुडिखेलमा मान्छे मान्छे भेला भएर बुद्धको आकृति निर्माण गरिने भएको छ । विद्यार्थीको पढाईका साथै विश्व शान्तिको कामना गर्दै बनाईने उक्त बुद्धको आकृतिका लागि १० हजार युवा जम्मा हुने आयोजकले अपेक्षा गरेको छ ।

पछिल्लो समय मधेस आन्दोलनका कारण विद्यार्थीले पढ्न नपाएकोले पठन पाठनमा अवरोध नहोस् भन्ने शन्देश दिन उक्त अभियान गर्न लागिएको आयोजकले जनाएको छ ।

चेयर अफ नेपाल नामक संस्थाद्धारा बुधबार राजधानिमा  आयोजित पत्रकार सम्मेलनमा सस्थाका दामोदर कार्कीले मधेस आन्दोलनका कारण विद्यार्थीले पढ्न नपाएको, सिरिया र पेरिस हमला जस्ता विषयले विश्वमा अशान्ति उत्पन्न भएको लगायतका कारण विश्व शान्तिको कामना सहित अभियान सञ्चालन गर्न लागेको बताए ।

यस अघि पुस २५ गते कार्यक्रम गर्ने तयारी भए पनि विविध कारणले आगामि फागुन १ गते गर्ने तय भएको उनले जानकारी दिए ।

शान्तिका अग्रदुत बुद्धको मानव प्रतिमा बनाउँदा शान्तिको शन्देश प्रवाह हुने अपेक्षा गरिएको उनको भनाई छ । यसअघि सो सस्थाका यूवाहरुले सोही स्थानमा नेपालको झण्डा बनाएका थिए ।

फोटो रिपोर्टस क्लब

प्रकाशित मिति २०७२ पुस २२ गते

प्रतिक्रिया