Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

अन्तत: आर्मीमा भर्ना भए यादव 

आइतबार, २६ पुस २०७२

काठमाडौँ, २६ पुस । घर जग्गा बेचेर पनि एमबिबिएस पढ्ने योजना बनाएर पनि सरकारले तोकेको ३५ लाखमै भर्ना नपाएका सिरहाका धमेन्द्र यादव अन्ततः आर्मीमा भर्ना भएका छन् ।  काठमाडौँ मेडिकल कलेजले ४५ लाख नदिएसम्म भर्ना नलिने भनेपछि उनले आर्मी अफिसर्स क्लब सानोभर्याङमा एमबिबिएसमा भर्ना भएका हुन् । 

केयुको सो मनोमानी विरुद्ध उनले अख्तियारमा उजुरी हालेपनि छानबिन भएको छैन् । साढे १७ लाख बुझाएर आफुले भर्ना गरेको उनले एडुखबरलाई बताए । अब त डाक्टर बन्ने पक्का भइयो हो ? भन्ने एडुखबरको जिज्ञासामा उनले भने ‘जसरी पनि डाक्रट बन्ने सपना थियो । अब पुरा हुने भयो । हेरौँ पढ्न बाँकी नै छ ।’

आर्मी अफिससै क्लबले सञ्चालन गरेको एमबिबिएसमा ३५ लाखमै भर्ना लिने गरिएको छ। सैनिक विश्वविद्यालयका रुपमा स्थापित र मेडिकमा एमबिबिएस पढाउदै आएको आर्मीले शुरुमा ४० देखि ४५ लाख लिने गरेकोमा पछि सरकारले ३५ लाख तोकेपछि सोही शुल्क लिएर पढाउन थालेको हो ।

विस्तृतमा यो पढ्न नछुटाउनुस  

अँश बेचेर पनि डाक्टर पढ्न नपाउँदा ...

 

 

प्रतिक्रिया