Edukhabar
शनिबार, २० बैशाख २०८२
खबर/फिचर

एसएलसीको उत्तरपुस्तिका परीक्षण स्थायी शिक्षकलाई प्राथमिकता (३६ बुदे निर्देशन सहित)

शुक्रबार, २७ चैत्र २०७१

 काठमाडौं २७ चैत /परीक्षा नियन्त्रण कार्यालयले कक्षा दशमा सम्बन्धित बिषयमा कम्तीमा एक वर्ष पढाएको व्यक्तिलाई मात्रै एसएलसीको उत्तरपुस्तिका परीक्षण गर्न पाउने व्यवस्था गरेको छ ।

यसअघि शिक्षा कार्यालयले मन लागेको व्यक्तिलाई परीक्षण गर्न दिने गरेको थियो । सम्बन्धित बिषयमा अनुभव नै नभएको व्यक्तिलाई परीक्षण गर्न दिदा कमजोरी पाएपछि यस्तो नियम ल्याएको हो । त्यस्तै परीक्षणको काम अस्थायी शिक्षकले नपाउने भएको छ । कार्यालयले क्षेत्रीय र शिक्षा कार्यालयमा पठाएको निर्देशनमा भनिएको छ,‘कक्षा १० मा सम्बन्धित विषय कम्तिमा १ वर्ष अध्यापन अनुभव भई हाल निरन्तर अध्यापन गरिराखेका र सकेसम्म मावि स्थायी शिक्षकबाट उत्तरपुस्तिका परीक्षण–सम्परीक्षण गराउनुका साथै परीक्षण–सम्परीक्षण सम्बन्धी तालिम लिएकालाई प्राथमिकता दिने ।’ 

यसपालीदेखि उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण गर्ने शिक्षकले अनिवार्य आप्mनो नाम लेखेर हस्ताक्षर गर्नु पर्ने हुन्छ । परीक्षण र सम्परीक्षणमा लापरबाही गरेको पाइएपछि कसले परीक्षण गरेको भन्ने पत्ता लगाएर कारबाही गर्न यस्तो व्यवस्था गरिएको परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेले बताए । 

नतिजा पारदर्शी बनाउन कार्यालयले पहिले नियमित समुहका कोडिङ् गरेका विषय परीक्षण गराएर मात्र एक्जाम्टेड समुह र अन्य कोडिङ् नगरेका उत्तरपुस्तिका परीक्षण गराउन शिक्षा कार्यालयहरुलाई निर्देशन दिएको छ । चैत ५ देखि १६ गते सम्म भएको परीक्षाको उत्तरपुस्तिका परीक्षण कार्य सुरु भइसकेको कार्यालयले जनाएको छ । ‘केही जिल्ला परीक्षण सुरु भइसक्यो, केहीमा कोडिङको काम भइरहेको छ,’परीक्षा नियन्त्रक द्वारेले भने । 

परीक्षण र सम्परीक्षणमा लगाउने व्यक्तिलाई अनिवार्य रुपमा नियुक्ति दिएर मात्र जिम्मेवारी दिन कार्यालयले निर्देशन दिएको छ । परीक्षण कार्यको थालनी गर्नुपूर्व प्रश्नपत्र र उत्तरकुञ्जिकाको विषयमा छलफल र विश्लेषण गराउनु पर्ने हुन्छ ।

‘परीक्षणको क्रममा पूर्णाङ्कलाई विशेष ख्याल राख्ने, एउटै प्रश्नको खण्ड/खण्ड गरी मार्क दिने व्यवस्था भएको प्रश्नका लागि सो को पालना गरी खण्ड खण्डमै अङ्क दिने : (जस्तो १ं+१.५ं+२.५=५ गरेकोमा तीनैवटा अङ्क दिने ।),’निर्देशनमा भनिएको छ,‘ अनुमानित अङ्क÷औषत अङ्क नदिने, अङ्क दिँदा जहिले पनि दायाँपट्टी सकेसम्म खाली ठाउँमा हुनेगरी दिने र उ.पु. को वाहिरी पृष्ठको अङ्क तालिकामा प्राप्ताङ्क उतार गर्दा विशेष सजगता अपनाउन निर्देशन गर्ने ।’ 

परीक्षण केन्द्रमा काम गर्ने गराउने सबैले परिचयपत्र अनिवार्य रुपमा देखिने गरी लगाउनु पर्ने हुन्छ । परीक्षण गरेको उत्तरपुस्तिका सम्बन्धमा अन्यलाई जानकारी  दिनुहुदैन । उत्तर पुस्तिका परीक्षण गर्ने समय निश्चित गर्नु पर्ने व्यवस्था गरेको छ । परीक्षण केन्द्रमा झोला वा अन्य उ.पु.राख्न मिल्ने वस्तु लिएर आउन नदिन कार्यालयले मातहतको कार्यालयलाई निर्देशन दिइसकेको छ । उत्तरपुस्तिका परीक्षण  केन्द्रमा पस्दा र निस्कँदा चेक गराएर मात्र आउने जाने व्यवस्था गर्नु पर्ने हुन्छ । 

विद्यार्थीले प्राप्त गरेको नम्बर जोड्न अनिवार्य क्यालकुलेटर प्रयोग गर्न कार्यालयले निर्देशन दिएको छ । पुर्नयोगका लागि निवेदन दिने विद्यार्थीको उत्तरपुस्तिका हेर्दा धेरैजसोले जोडन गल्ती गरेको पाइएको थियो । परीक्षण केन्द्रको हलभित्र रहँदा एफएम रेडियो बजाउन नदिने साथै मोवाइल फोन स्वीच अफ गर्नु पर्ने हुन्छ । 

 परीक्षा नियन्त्रण कार्यालयको निर्देशन -

विषय : उत्तरपुस्तिका परीक्षण–सम्परीक्षण गराउने सम्बन्धमा ।

श्री क्षेत्रीय शिक्षा निर्देशनालय/जिल्ला शिक्षा कार्यालय (उ.पु. परीक्षण केन्द्रहरु सबै)

प्रस्तुत विषयमा त्यस उ.पु.परीक्षण केन्द्रमा परीक्षण–सम्परीक्षणको लागि पठाइएका उत्तरपुस्तिकाहरु माध्यमिक शिक्षा उतीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०६८ (चौथो संशोधन सहित) मा भएको व्यवस्था र थप देहायका बुँदाहरुको समेत पालना गर्दै समयमा नै परीक्षण–सम्परीक्षण कार्य गरी गराई परीक्षा नियन्त्रण कार्यालयमा पठाउने व्यवस्थाका लागि अनुरोध छ ।

१. परीक्षक र सम्परीक्षकले उ.पु परीक्षण गरी अङ्क दिँदा नाम समेत अनिवार्य लेखी हस्ताक्षर गर्ने व्यवस्था परीक्षण केन्द्र प्रमुखले अनिवार्य रुपमा लगाउने ।

२. गोपनियताका कारणले पहिले नियमित समुहका कोडिङ् गरेका विषय परीक्षण गराएर मात्र एक्जाम्टेड समुह र अन्य कोडिङ् नगरेका उ.पु. परीक्षण गराउने ।

३. परीक्षण–सम्परीक्षणमा लगाउने व्यक्तिलाई अनिवार्य रुपमा नियुक्ति दिएर मात्र लगाउने । परीक्षण कार्यको थालनी गर्नुपूर्व प्रश्नपत्र र उत्तरकुञ्जिकाको विषयमा छलफल र विश्लेषण गराउने । परीक्षणको क्रममा पूर्णाङ्कलाई विशेष ख्याल राख्ने, एउटै प्रश्नको खण्ड/खण्ड गरी मार्क दिने व्यवस्था भएको प्रश्नका लागि सो को पालना गरी खण्ड खण्डमै अङ्क दिने (जस्तो १ं+१.५ं+२.५=५ गरेकोमा तीनैवटा अङ्क दिने ।)   एडुखबर तथा अनुमानित अङ्क/औषत अङ्क नदिने, अङ्क दिँदा जहिले पनि दायाँपट्टी सकेसम्म खाली ठाउँमा हुनेगरी दिने र उ.पु. को वाहिरी पृष्ठको अङ्क तालिकामा प्राप्ताङ्क उतार गर्दा विशेष सजगता अपनाउन निर्देशन गर्ने ।

४. परीक्षण केन्द्रमा काम गर्ने गराउने सबैले परिचयपत्र अनिवार्य रुपमा देखिने गरी लगाउने ।

५. आफुले परीक्षण गरेको उत्तरपुस्तिका सम्बन्धमा अन्यलाई जानकारी नदिने ।

६. उत्तर पुस्तिका परीक्षण गर्ने समय निश्चित गर्ने ।

७. परीक्षण केन्द्रमा झोला वा अन्य उ.पु.राख्न मिल्ने वस्तु लिएर आउन नदिने ।

८. परीक्षण केन्द्रमा पस्दा र निस्कँदा चेक गराएर मात्र आउने जाने व्यवस्था गर्ने ।

९. उ.पु., मार्कस्लीप, कोडिङ–डिकोडिङ रजिस्टर, अर्धकट्टी लगायतका सामग्रीहरु जि.शि.अ. वा परीक्षण केन्द्र प्रमुखको नियन्त्रणमा मात्र राख्ने ।

१०. कन्फरेन्स मार्किङ सिस्टमलाई प्राथमिकतामा राखी कार्यान्वयन गर्ने, गराउने ।

११. परीक्षण–सम्परीक्षणका लागि उ.पु. बुझाउँदा–बुझ्दा गनेर भर्पाई गराएर मात्र लिने, दिने व्यवस्था मिलाउने ।

१२. योग्यता पुगेका, कक्षा १० मा सम्बन्धित विषय कम्तिमा १ वर्ष अध्यापन अनुभव भै हाल निरन्तर अध्यापन गरिराखेका र सकेसम्म मा.वि. स्थायी शिक्षकबाट उ.पु. परीक्षण–सम्परीक्षण गराउनुका साथै परीक्षण–सम्परीक्षण सम्बन्धी तालिम लिएकालाई प्राथमिकता दिने ।

१३. लेखाइको अक्षर (स्क्रीप्ट) फरक परेका, बाहिर लेखिएको हुनसक्ने शंका लागेका, निरीक्षकले कैफियत जनाएका, शंकाग्रस्त रुपले च्यातिएका, रद्दमा परेका उ.पु.हरु भेटिएमा छुट्टै प्याकिङ गरी कैफियत खोली प.नि.का.मा पठाउने । एडुखबर 

१४. एउटै सि.नं. का २ वटा कपिहरु फेला परेमा केन्द्र प्रमुखलाई बुझाउने र प्रमुखले प.नि.का.मा जानकारी गराई निर्देशन अनुसार गर्ने व्यवस्था मिलाउने ।

१५. परीक्षक–सम्परीक्षकले सच्याएको अङ्कमा दस्तखत अनिवार्य रुपले गराउने ।

१६. मार्किङ् स्कीमको पूर्ण पालना गर्न लगाउने । स्कीम नभएको विषयमा स्कीम तयार गरी सो को केन्द्र प्रमुखबाट स्वीकृत गराई परीक्षण गर्न लगाउने ।

१७. एउटा विषयको मार्कस्लीप सच्याएर अर्को विषयको मार्क लेख्ने कार्य कुनै हालतमा नगर्ने ।

१८. प्राप्ताङ्कको जोड गर्दा अनिवार्य रुपले क्यालकुलेटरको प्रयोग गर्न लगाउने ।

२०. एउटा सि.नं.को कपि अर्काे सि.नं. को अर्धकट्टीमा तथा एउटा विषयको अर्धकट्टी अर्काे विषयको उ.पु.मा जोडिन सक्ने भएकाले डिकोड गर्दा विशेष सजग रहने ।

२१. मार्कस्लीपमा प्राप्ताङ्क उतार गर्दा उ.पु.बाटै उतार गर्ने, स्लीपबाट नउतार्ने ।

२२ Tab 1 Tab 2 मा प्राप्ताङ्क उतार्दा अङ्कमा एकजनाले र अर्काेले अक्षरमा लेख्ने नगरी एकैजनाले सजग भै गर्ने ।

२३. मार्कस्लीपमा प्राप्ताङ्क उतार गर्ने व्यक्तिले नामसमेत उल्लेख गरी हस्ताक्षर गर्ने ।

२४. मार्कस्लीप केन्द्रगत रुपमा ठुलो खाममा (एक विषयको सबै केन्द्रको एउटै खाममा) राख्ने, छुट्टाछुट्टै नगर्ने ।

२५. लुज स्लीप खाली १,२ जनाका लागि भए प्रयोग गर्ने, धेरैका लागि भए प.नि.का.मा सम्पर्क गरेर मात्र गर्ने, तर त्यसरी प्रयोग गर्दा सि.नं. क्रम मिलाएर बुझिने गरी लेख्ने, जस्तोः १, ८, ५, ६ नगरी १, ५, ६, ८ गर्ने ।

२६. परीक्षक–सम्परीक्षकको विवरण प्रत्येक वर्ष अद्यावधिक गरी प्रयोग गर्ने ।

२७. परीक्षण केन्द्रमा अनधिकृत व्यक्तिलाई आवत–जावत गर्न नदिने ।

२८. उ.पु. परीक्षण–सम्परीक्षणमा प्रतिस्पर्धा भै खराव अङ्कन भए नभएको विशेष निगरानी राख्ने । 

२९. परीक्षण केन्द्रको हलभित्र रहँदा एफएम रेडियो बजाउन नदिने साथै मोवाइल फोन स्वीच अफ गर्ने ।

३०. आफ्नो केन्द्रमा परीक्षण हुन नसक्ने विषयको उ.पु. यथाशक्य छिटो प.नि.का.मा पठाउने ।

३१. प्रति परीक्षक-सम्परीक्षकका लागि उपयुक्तता हेरी धेरै ठुलो सङ्ख्यामा उ.पु. नदिने तथा  निर्देशिकाले तोकेभन्दा बढि हुनेगरी कुनै हालतमा उ.पु. परीक्षण-सम्परीक्षण नगराउने । अवस्था र विषय हेरी केन्द्र प्रमुखले एकदिनमा एकजना परीक्षक-सम्परीक्षकका लागि कतिसम्म दिन उपयुक्त हुन्छ सोही अनुसार तोक्ने व्यवस्था मिलाउने ।

प्रतिक्रिया