Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

विद्यालय र पुल बनाउन फिल्म चलाइदै 

मंगलबार, २८ पुस २०७२

काठमाडौँ, २८ पुस । धादिङको सलाङघाट मझुवा ५ का विद्यार्थीहरु विद्यालय जानैका लागी ज्यानको बाजी लगाएरै बर्षौदेखि तुइनको यात्रा गर्दै आएको समस्या प्रति फिल्म निर्देशक दिनेश डिसीले आफ्नो फिल्मबाट उठेको रकम सहयोग गर्ने भएका छन् । 

मंगलबार राजधानीमा फिल्म 'फुलै फुलको मौसम तिमीलाई' फिल्मको पब्लिसीटिका लागी उनले एक स्कुले विद्यार्थीले कष्टपूर्ण यात्रा गरेर पढ्दै आएको डकुमेन्ट्री सार्वजनिक गरेका हुन् । भिडियोमा ५ बालबालिका विद्यालय जानैका लागी तुइनको यात्रा गरिररहेका छन् । राजधानीबाट ७० किलोमिटरको दुरीमा रहेको सो गाउँको त्रिशुली यी बालबालिकाले बर्षौदेखि तर्दै आएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरीका तुइनलाई विस्थापित गरेर झोलुंगे पुल बनाउने आफ्नो मन्त्री परिषदकै पहिलो निर्णय गरेपनि अहिलेसम्म त्यसको कुनै तयारी अगाडी बढेको छैन् भने शिक्षामन्त्री पोखरेलले यो समस्या सुनेका भएपनि यसरी प्रत्यक्ष देखेका छैनन् होला । 

कार्यक्रममा निर्देशक डिसीले आफ्नो ७० जनाको टिमले सो ठाउँमा झोलुंगे पुल हाल्न ७ लाख विभिन्न ठाउँमा उठाइसकेको समेत जानकारी दिए । फिल्म प्रदर्शनपछि जति रकम उठ्छ त्यसको नाफा पुल बनाउन र सोही गाउँमै प्राथमिक विद्यालय निर्माण गर्ने उनले बताए । 

कार्यक्रममा उपस्थित भएका चौधरी गु्रपका निर्वाण चौधरीले आफ्नो फाउण्डेसनले सो गाउँमा विद्यालय बनाउन आवश्यक सहयोग गर्ने बताए । भूकम्पपीडितका लागी घर र विद्यालय बनाउने काम भइरहेको भन्दै सो विद्यालय बनाउन पनि सहयोग गरिने उनको भनाई थियो ।

फागुन २१ गते रिलिज हुने यो फिल्ममा नीता ढुंगाना र आमेश भण्डारीको मुख्य अभिनय छ । केही दिन अघि मात्रै नायिका रेखा थापा सिन्धुपाल्चोकको एक विद्यालयमै पुगेर विद्यालय निर्माणमा सहयोग पुर्याउने बताएकी थिइन् । 

 

प्रतिक्रिया