Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

भूकम्प पीडितलाई कलेजद्धारा कम्बल वितरण

बुधबार, २९ पुस २०७२

काठमाडौं- इस्लिङटन कलेजले दोलखाको बुलुङ र लादुक गाउँ विकास समितिका नौ सय भूकम्प पीडितलाई ब्ल्याङकेट (कम्बल) वितरण गरेको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिले दिएको भूकम्प पीडित कार्डका आधारमा सहयोग सामाग्री वितरण गरिएको हो ।

जस अनुसार बुलुङमा आठ सय १५, लादुक गाबिसका सम्पूर्ण दलित (७४ घर) र लामिडाँडा स्थित कालिनाथ उच्च माध्यमिक विद्यालयमा अध्ययनरत ११ विद्यार्थीलाई ब्ल्याङकेट वितरण गरिएको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत कलेजले पीडितहरुलाई ब्लाङकेट वितरण गरेको कलेजका अध्यक्ष सुलभ बुढाथोकीले बताए ।

यस्तै दोलखाको विभिन्न गाउँबाट कालिनाग उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्न आएका तर टेन्टमा बस्न बाध्य विद्यार्थीलाई समेत ब्ल्याङकेट वितरण गरिएको छ ।
इलाका प्रहरी कार्यालय सिंगटी, गाबिस कार्यालयका प्रतिनिधि, स्थानीय राजनीतिक दलको सहयोगमा राहत वितरण गरिएको हो ।
शारदा माध्यमिक विद्यालय बुलुङमा एकदेखि नौ वडाकै पीडितलाई भेला गराएर ब्लाङकेट वितरण गरिएको थियो ।

कलेजले सारदा माध्यमिक विद्यालय र बुलुङखानी प्राथमिक विद्यालयका चार सय भन्दा बढी विद्यार्थीलाई कापी, कलम लगायतका शैक्षिक सामाग्री समेत वितरण गरेको छ । 

बुलुङका स्थानीय चावा लामाले चिसोमा बस्न बाध्य बुलुङका स्थानीयहरुलाई कलेजले ब्ल्याङकेट वितरण गरेर गुन लगाएको बताए । विद्यालयका प्रधानाध्यापक बालकृष्ण ठकुरीले जाडोमा गाउँ बासीलाईए न्यानो ब्ल्याङकेट र विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेर कलेजले गरेको सहयोग सराहनीय भएको बताए ।

चिसोमा कठ्याङरिएर बस्न बाध्य पीडितले ब्लाङकेट पाएपछि खुसी हुँदै यस्ता सामाजिक काम आगामी दिनमा पनि निरन्तर गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति २०७२ पुस २९ गते

प्रतिक्रिया