Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

केयुमा क्रान्तिकारीको छड्के जाचँ !

शनिबार, ०२ माघ २०७२

काठमाडौँ, २ माघ । एमबिबिएस भर्नामा मेरिट लिस्ट लत्याएको र बढी शुल्क लिएको भन्दै काठमाडौँ विश्वविद्यालयमा तालाबन्दी गरेको अखिल क्रान्तिकारीले छड्के जाचँलाई निरन्तरता दिएको छ । 

गएको शुक्रबारदेखि निरन्तर रुपमा प्रत्यक्ष या अप्रत्यक्ष रुपमा निगरानी गरिएको केयुका इकाई संयोजक तथा केन्द्रिय सचिवालय सदस्य नरेन्द्र बहादुर विकले जानकारी दिए ।

केयुमा करिब एकहप्ता जति तालाबन्दी गरेको क्रान्तिकारीले एमबिबिएस प्रवेश परिक्षामा विदेशी विद्यार्थीलाई निर्वाध चोर्न दिएर परिक्षा लिएको भन्दै १२ उत्तरपुस्तिका समेत जफत गरेको छ। 

पुस १७ गते ५ बुँदे सहमति गरेर तालाबन्दी खोल्न दिएको क्रान्तिकारीले सहमति पालना भए नभएको बारेमा छड्के जाचँलाई निरन्तरता दिइएको अर्का केन्द्रिय सचिवालय सदस्य नरेन्द्र विकले बताए । 

गेटबाट सजिलै भित्र पस्न नदिएको भएपनि जबरजस्ती भित्र पसेर विद्यार्थीका समस्याहरु बुभ्mन र सहमति पालना गर्नैपर्ने कुरालाई सम्झाएको उनको भनाई थियो ।  केयुमा पढ्ने अभिभावक र विद्यार्थीलाई फेरी पनि बढी शुल्क लिएको आफुलाई खबर गर्न आग्रह गरेको उनले दाबी गरे । 

 

 

 

 

प्रतिक्रिया