Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

वैज्ञानिक शुल्क निर्धारण अझै भएन !

बुधबार, ०६ माघ २०७२

काठमाडौँ, ६ माघ । नीजि विद्यालयमा शुल्क तोक्ने विषयमा बुधबार बसेको विद्यालय शुल्क निर्धारण प्राविधिक समितीको बैठकमा छलफल भएको छ। तर बैठकले कुनै निर्णय भने गर्न सकेन । 

राजधानीमा भएको बैठकमा सहभागी अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले शुल्क निर्धारण गर्ने विषयको आवश्यक छलफल र सबै तयारी पुरा नभएकोले शुल्क तोक्न नसकिएको बताए । 

‘शुल्क तोक्ने विषयमा गहन छलफल भएको छ’ उनले भने ‘तर आजै तोक्ने काम चाही भएन ।’ प्रत्येक नीजि विद्यालयले अहिले मनोमानी रुपमा शुल्क तोक्ने र लिने काम गरिरहेका छन् । विद्यालयपिच्छे फरक फरक शुल्क लिइने भएपछि विद्यार्थी र अभिभावक भने मारमा पर्दै आएका छन् । 

आगामी तीन दिनभित्र बस्ने समितीको बैठकले शुल्क तोक्ने उनले जानकारी दिए । विभिन्न विद्यार्थी संघ संगठन, समितीका संयोजक बैकुण्ठ अर्याल, प्याब्सन एनप्याब्सन लगायत संस्थाका प्रतिनिधीको सहभागिता रहेको बैठकमा पर्याप्त छलफल नभएकोले आजै शुल्क तोक्न नसकिएको उनको भनाई थियो । 

सबै निकायमा यस विषयमा थप छलफल गर्ने र आगामी बैठकमा त्यसैअनुसारको प्रस्ताव ल्याई साझाँ रुपमा शुल्क निर्धाण गरिने बताइएको छ। 

 

 

प्रतिक्रिया