Edukhabar
शुक्रबार, २१ बैशाख २०८१
खबर/फिचर

जनजीवन आतंकित हुनेगरी उपत्यकाका विद्यालय अघिल्तिर बम, सुरक्षाकर्मीद्धारा निस्कृय

मंगलबार, ०४ असोज २०७३

काठमाडौं - उपत्यकाका विभिन्न १० विद्यालय अघिल्तिर राखिएका बम सुरक्षाकर्मीले निस्कृय पारेको छ । मंगलबार एका विहानै काठमाडौं र ललितपुरका विभिन्न विद्यालय अघिल्तिर शंकास्पद बस्तु देखिनासाथ सुरक्षाकर्मी परिचालित भएको थियो । २ वटा विद्यालय अघिल्तिरका बम पड्किए पछि जनजीवन आतंकित भएको थियो ।

घटनामा कुनै मानवीय क्षती नभएको प्रहरीले जनाएको छ । बाँकी बम सुरक्षाकर्मीले निस्कृय बनाएको छ ।

विद्यालय अघिल्तिर बम राखेको शंकामा प्रहरीले उपत्यकाबाट ३ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा चन्द्र लामा, शम्शेर तामाङ् र होम खत्री रहेको प्रहरी समाचार कक्षले जनाएको छ ।

सबै भन्दा पहिले विहान पौने ४ बजे जोरपाटिको दक्षिणढोका स्थित आकाशदीप स्कुलमा बम पड्किएको थियो । त्यसको १० मिनेट पछि जोरपाटिकै मनकामना स्कुलमा बम पड्क्यो । जोरपाटिकै राई स्कुल, ईष्टपोल स्कुल, एम्बेस्डर स्कुल, बाल संसार, माउण्ट यूराल, डल्लुको कञ्चनजंघा र ललितपुर सानेपाको रेडियण्ट रिडर्स अघिल्तिर राखिएको बम भने सुरक्षाकमीृले निस्कृय पारेको छ । यस्तै महाराजगञ्ज चप्पल कारखाना स्थित कान्तिपुर एकेडेमी अघिल्तिर पनि बम राखिएको सुरक्षाकर्मीले फेला पारेको थियो ।

विद्यालय अघिल्तिर पे्रसर कुकर र जिआई पाईप भित्र विस्फोटक पदार्थ राखिएको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपालको पर्चा फेला परेको छ ।

पर्चामा शैक्षिक माफिया र दलाल विरुद्ध निर्णयक लडाई भन्दै निजी स्कुल बन्द गर्न आह््वान गरिएको छ । वर्षको २ लाख ४० हजार भन्दा कम आय भएका नागरिकका सन्तानलाई निजी विद्यालयले निःशुल्क पढाउनु पर्ने, नीजि विद्यालयमा पनि सरकारी पाठ्यक्रम अनुसार पठनपाठन गराउनु पर्ने, विद्यालयले तोकेको स्थानबाट मात्र पोशाक र पुस्तक लगायत सामाग्री किन्ने चलनको अन्त्य हुनु पर्ने, शिक्षा मन्त्रालयले तय गरेका नीति नियमको पालना नगर्ने विद्यालय बन्द गर्नु पर्ने, निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई उचित पारिश्रमिक दिनु पर्ने, फि तिर्न नसकेकै कारण परीक्षाबाट बञ्चित गर्न नपाईने लगायतका १० बुँदे माग उल्लेख छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सनका महासचिव डीके ढुगांनाले बम संगै फेला परेको समूहको पर्चामा उल्लेख भएका मागका बारेमा आफूहरुलाइृ कुनै औपचारिक जानकारी नभएको बताए । 'उक्त समूहका माग के हुन् भन्ने कुनै औपचारिक जानकारी प्याब्सनसंग छैन' उनले भने ।

तर उक्त पर्चामा गत असार २८ गते प्याब्सन र एन प्याब्सनलाई ज्ञापन पत्र बुझाएको दावी गरिएको छ ।

यस अघि निजी विद्यालयका सञ्चालक समेत रहेका सांसद उमेश श्रेष्ठको विद्यालय आईडियल मोडेलको गाडिमा आगजानी हुँदा पनि सोही समूहको पर्चा फेला परेको थियो ।

प्रतिक्रिया