Edukhabar
विहीबार, १५ चैत्र २०८०
खबर/फिचर

कानून मन्त्रालयमा पठाउँदा शिक्षा नियमावलीमा परिमार्जन

शनिबार, १५ माघ २०७३

काठमाडौं - निर्माणको अन्तिम चरणमा रहेको भनिएको शिक्षा नियमावलीको मस्यौदामा केही बुँदाहरु परिमार्जन गरिएको छ । अर्थ मन्त्रालयको राय प्राप्त भएपछि सहमतीका लागि कानून मन्त्रालयमा पठाईएको नियमावलीमा यस अघि गरिएको ब्यवस्थामा शिक्षा मन्त्रालयले केही परिमार्जन गरेको मन्त्रालय श्रोतले जनाएको छ ।

जस अन्र्तगत विद्यालय तहको कक्षा ११ र १२ सञ्चालित कलेज÷क्याम्पसले तल्लो कुन तहसम्म झर्नु पर्ने हो नियमावलीमा स्पष्ट व्यवस्था गरिएको छैन । अर्थमा पठाउँदासम्म इसीडीसम्म झर्नु पर्ने प्रावधान थियो । कानुनमा पठाएको मस्यौदामा मन्त्रालयले तोके बमोजिमको ढाँचामा हुने उल्लेख गरिएको छ ।

कक्षा ११ र १२ को प्राविधिक बाहेक अन्य साधारण बिषयको बिषय थप र कक्षा थपको स्वीकृति अब क्षेत्रीय कार्यालयबाटै हुने ब्यवस्था गरिएको छ । यसअघि शिक्षा विभागबाट दिने व्यवस्था थियो ।

नियमावलीमा नयाँ ब्यवस्था, शिक्षकलाई एकलाखको पुरस्कार

प्रतिक्रिया