Edukhabar
मंगलबार, ०४ बैशाख २०८१
जिव्रो

शिक्षकहरुको शिक्षणसीप जाँच्न नसक्नु मन्त्रालयको निकम्मापन

आइतबार, १६ माघ २०७३

Hari Thapa

मन्त्रालयको निकम्मापन समयमै पुस्तक पु¥याउन नसक्नुमा होइन । पुस्तकलाई रंगीन बनाउन, यसको जतन गर्न लगाएर वर्षेनी कागजको दुरुपयोग रोक्न नसक्नुमा पनि छ । शिक्षकहरुको शिक्षणशैलीको प्रभावकारी अनुगमन नहुँदा विद्यालयमा पुस्तक शिक्षकले बढी पढ्छन्, विद्यार्थीले भन्दा पनि । विद्यार्थीको पुस्तक खोसेर उनीहरुलाई त्यही पुस्तकमा आधारित भएर अध्यापन गर्ने शिक्षकहरुको शिक्षणसीप जाँच्न नसक्नुमा पनि मन्त्रालयको ठूलो निकम्मापन छ ।

पाठ्यक्रममा आधारित शिक्षण कसरी गराउने ? विद्यार्थीको शैक्षिक उपलब्धि कसरी बढाउने ? विद्यालयको पढाई सकेपछि विद्यार्थीले कम्तिमा एउटा सीप लिएर विद्यालय छाडोस भन्ने वातावरण कसरी बनाउने ? आदि कुरामा पत्रकारहरुले आँखा लगाउनु पर्ला । यस्तो सोचाई मन्त्रालयका मानिसमा आउँदैन । पुस्तक छैन भनेर पढाई नै रोक्ने शिक्षकहरुको योग्यतामा प्रश्न गर्न अब ढिला गरिनु हुँदैन ।

शिक्षा मन्त्रालयलाई त निकम्मा वा महान मानिसहरुको थलो भनिरहनु पर्दैन । यहाँका मानिसहरुमा नेपालको शिक्षा सुधार्ने न इच्छा छ, न योजना र न फुर्सद । उनीहरु त आफु कसरी कमाउने र राम्रा ठाउँमा रमाउने भन्ने धुनमै नाचिरहेका छन् ।

पाठ्यपुस्तकका बारेमा प्रकाशित सम्पादकीयमा प्राप्त प्रतिकृया

उक्त सम्पादकीय पढ्नुहोस् : शिक्षा मन्त्रालयको निकम्मापनको हद

प्रतिक्रिया