Edukhabar
बुधबार, २६ बैशाख २०८१
खबर/फिचर

चुनावको मिति सर्यो, कक्षा ११ को परीक्षा फेरी अन्यौलमा

सोमबार, १५ जेठ २०७४

काठमाडौं - सरकारले स्थानीय तहको दोश्रो चरणको निर्वाचन असार ९ गते गर्ने निर्णय गरे सँगै असार ८ गतेबाट सञ्चालन गर्ने कक्षा ११ को परीक्षा फेरी अन्यौलमा परेको छ ।

स्थानीय निर्वाचनका कारण यस अघि नै २ पटक सरेको उक्त परीक्षा अन्यौलमा पर्दा विद्यार्थीको भविष्य माथि नराम्रो खेलवाड भएको छ ।

सोमबार बसेको कामचलाउ सरकारको मन्त्रीपरिषद् बैठकले राजनीतिक सहमतीका लागि भन्दै चुनावको मिति परिवर्तन गर्दा विद्यार्थीको भविष्य नराम्रो सँग प्रभावित भएको हो ।

यस अघिनै मदतान केन्द्र नभएका विद्यालयमा परीक्षा केन्द्र पार्ने गरी विकल्प छनौट गर्न सरोकारवालाले सुझाव दिए पनि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन गर्न नसक्ने भन्दै सार्ने निर्णय गरेको थियो ।
यस अघि बैशाख २४ गते देखि जेठ ३ गते सम्मका लागि तय भएको कक्षा ११ को परीक्षा पहिलो चरणको निर्वाचनको समयमै परेपछि असार १ गते बाट गर्ने गरी सारिएको थियो । तर जेठ ३१ गते दोश्रो चरणको निर्वाचन गर्ने सरकारको निर्णयले उक्त मिति परिवर्तन गरेर असार ८ गते तय गरिएको थियो ।

यसबारेमा बोर्डका तर्फबाट कुनै प्रतिकृया सार्वजनिक भएको छैन ।

तर यस अघि पहिलो चरणको निर्वाचनका बेला पछिल्ला केही विषयलाई मात्रै ब्यवस्थापन गर्दा हुनेमा त्यसो नगरी पुरै परीक्षा सारेको बोर्डले यस पटक फेरी उसै गरी परीक्षा सार्ने लगभग निश्चित देखिन्छ ।

प्रतिक्रिया