Edukhabar
शनिबार, २२ बैशाख २०८१
गतिविधि

शिक्षक महासंघको नयाँ कार्यसमिति चार दिन पछि घोषणा गरिने

महासंघको कार्यसमितिका लागि प्रत्यक्ष निर्वाचन हुँदैन । आवद्ध घटकहरुले पदाधिकारी र सदस्यको नाम बुझाउनु पर्ने विधानमा व्यवस्था छ । सोही व्यवस्था अनुसार आवद्ध १४ घटकका तर्फबाट शनिबार सम्म नामावली बुझाउन समय तोकिएको छ ।

विहीबार, १३ बैशाख २०८१
शिक्षक महासंघको दोश्रो महाधिवेशन उद्घाटन कार्यक्रम

काठमाडौं  - नयाँ कार्यसमिति चार दिन पछि घोषणा गर्ने गरी विवादकै बिचमा नेपाल शिक्षक महासंघको दोश्रो महाधिवेशन सम्पन्न भएको छ । आफ्ना तर्फबाट महासंघमा प्रतिनिधित्व गर्ने पदाधिकारी र सदस्यहरुको नामावली बुझाउन महासंघ आवद्ध घटकहरुलाई शनिबार सम्मको समय दिईएको छ । 

महासंघको कार्यसमितिका लागि प्रत्यक्ष निर्वाचन हुँदैन । आवद्ध घटकहरुले पदाधिकारी र सदस्यको नाम बुझाउनु पर्ने विधानमा व्यवस्था छ । सोही व्यवस्था अनुसार आवद्ध १४ घटकका तर्फबाट नामावली बुझाउन समय तोकिएको हो । तोकिएको समयमा नाम प्राप्त भएपछि बैशाख १७ गते नयाँ कार्यसमितिको औपचारिक घोषणा गर्ने कार्यक्रम तय भएको महासंघका महासचिव लक्ष्मिकिशोर सुवेदीले बताए । 

यस पटक महासंघको अध्यक्ष नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघको भागमा परेको छ । आफ्ना तर्फबाट कसलाई पठाउने भन्ने बारेमा बैठक बसेर तय गर्ने अध्यक्ष सोमनाथ गिरीले बताए ।  महासचिव एमाले निकट राष्ट्रिय शिक्षक संगठनको भागमा परेको छ । तर, सोमबार देखि सुरु महाधिवेशनको औपचारिक उद्घाटन कार्यक्रम नै बहिष्कार गरेको संगठनले यो प्रकृयालाई नै बहिष्कार गर्ने बताउँदै आएको छ । यस विषयमा सम्वाद जारी रहेकोले चाँडैनै सहमतीमा पुग्ने र नयाँ कार्यसमिति घोषणा गर्ने गिरीले दावी गरे । 

महासंघका अध्यक्ष, उपाध्यक्ष र उपमहासचिव सहित १२ जना पदाधिकारी अनुपस्थित भए पनि संगठनको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदनहरुमा आवश्यक औपचारिक प्रकृया पुरा गरेर बुधबार महाधिवेशन अन्त्य गरिएको छ । अहिले महासंघको अध्यक्ष कमला तुलाधर छन् । सत्ता स्वार्थमा कुरो नमिल्दा तत्कालिन नेकपा विभाजन भए पछि एमाले छाडेर नेकपा एकिकृत समाजवादीमा रहेकी तुलाधर पछिल्लोे समय एमालेमै फर्केकी छन् । 

वैधानिक व्यवस्था प्रतिकुल हुने गरी महाधिवेशन गरेको, विभिन्न जिल्लामा अधिवेशन बाँकी रहेको, जिल्ला अधिवेशनबाट प्रतिनिधि छनोटमा एकलौटी गरेको जस्ता समस्या समाधान गर्नु पर्ने तर्क सहित संगठनले महाधिवेशन बहिष्कार गरेको थियो । तुलाधर  महाधिवेशनमा अनुपस्थित भएपछि सह अध्यक्ष नानीमाया पराजुलीको अध्यक्षतामा कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित हुने भनेर निम्तो पत्र पठाए पनि माओवादी नेता एवं पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेलले कार्यक्रमको उद्घाटन गरेका थिए । 

उद्घाटन कार्यक्रममा उनले व्यक्त गरेको धारणा पढ्नहोस् : शिक्षा मन्त्रालय एकतिर, शिक्षक अर्को तिर हुने हो भने विद्यालय कसरी सुध्रन्छन् ?

प्रतिक्रिया