Edukhabar
बुधबार, ११ भदौ २०८२
खबर/फिचर

संशोधित शिक्षा ऐन मुद्रण विभागमा, राजपत्र कुर्दै शिक्षक सेवा आयोग

आइतबार, १२ कार्तिक २०७४

काठमाडौं - राजपत्रमा प्रकाशन गर्नका लागि शिक्षा ऐन नवौं संशोधन आईतबार मुद्रण विभागमा दर्ता भएको छ । गत असोज ३ गते संसदले पारित गरेको उक्त ऐन गत सोमबार राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो ।

प्रमाणीकरण पश्चात राजपत्रमा प्रकाशन गर्नु अघिका औपचारिक प्रकृया पुरा गरेर आईतबार मात्रै विभागमा आईपुगेको विभागकी सहायक प्रवक्ता बिमला कोइरालाले जानकारी दिईन् ।

प्रमाणीकरण भएको ऐनलाई संसद सचिवालयले सम्बन्धित मन्त्रालयमा पठाउँछ । त्यहाँ अध्ययन गरेपछि कानूनी परामर्शका लागि कानून मन्त्रालयमा पठाईन्छ । कानूनले संशोधनको मर्म र कानूनी प्रकृया पुरा गरेर छपाईका लागि विभागमा पठाउँछ । यही औपचारिक प्रकृया पुरा गर्दा गर्दै एक हप्ता वितेको हो ।

'हामी कहाँ आज मात्रै आई पुगेको छ, अब यहाँको प्राविधिक काम सकेर छपाईमा जान्छ' कोइरालाले भनिन्, 'यहाँ राजपत्रमा प्रकाशनका लागि आएका ऐनको क्यु  छ, पालै पालो प्रकाशन हुन्छ, अब एक दुई दिनमा छापिन्छ ।'

ऐन राजपत्रमा प्रकाशन नभएकोले संशोधित ऐनमा भएको ब्यवस्था अनुसार शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि लिने परीक्षाको प्रकृया शुरु हुन सकेको छैन । आयोगले उक्त ऐन राजपत्रमा प्रकाशन कुरेर बसेको जनाएको छ ।

'हामी राजपत्र कुरेर बसेका छौं' आयोगका अध्यक्ष ताना गौतमले भने, 'प्रकाशन हुना साथ हामी विज्ञापनको प्रकृया शुरु गर्छौ ।'

ऐनमा सात दिनको म्याद दिएर अस्थायी शिक्षकलाई फारम भर्न सूचना प्रकाशित गर्नु पर्ने ब्यवस्था छ । आन्तरिक ७५ र खुल्लामा २५ प्रतिशत हुने गरी आयोगले परीक्षा सञ्चालन गर्नु पर्ने छ । 

योग्य शिक्षकलाई सेवा प्रवेशमा बञ्देज गर्ने गरी ऐन आएको भन्दै ब्यापक विरोध भएपनि राष्ट्रपति विद्यादेवी भण्डारीले गत सोमबार उक्त ऐन प्रमाणीकरण गरेकी थिइन्

यो पनि पढ्नुहोस् : शिक्षाको कालो दिन

प्रतिक्रिया