Edukhabar
बुधबार, १९ बैशाख २०८१
गतिविधि

शिक्षाका कर्मचारी सरुवा मापदण्ड जारी : उत्कृष्टलाई सुगम र रोजेको स्थानमा सरुवा [मापदण्ड सहित]

कर्मचारीले सम्पादन गरेको कामको मुल्याकनमा उत्कृष्ट नतिजा प्राप्त गर्नेलाई सुगम स्थान सरुवा, रुचाएको स्थानमा पदस्थापन वा काजमा खटाउन प्राथमिकता दिने प्रावधान राखिएको छ ।

शुक्रबार, २३ चैत्र २०८०

काठमाडौं - कर्मचारीले गरेको कामको आधारमा सरुवा गर्ने गरी शिक्षा मन्त्रालयले नयाँ मापदण्ड बनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अन्तरगतका निकायमा कर्मचारीको पदस्थापन, सरुवा तथा कामकाज गर्न खटाउने सम्बन्धी मापदण्ड, २०८० मन्त्रालयले शुक्रबार जारी गरेको हो । 

मापदण्डमा कर्मचारीले सम्पादन गरेको कामको मुल्याकनमा उत्कृष्ट नतिजा प्राप्त गर्नेलाई सुगम स्थान सरुवा, रुचाएको स्थानमा पदस्थापन वा काजमा खटाउन प्राथमिकता दिने प्रावधान राखिएको छ । प्राथमिकता दिदा दुर्गम भौगोलिक क्षेत्रमा काम गरेको अवधिलाई प्रँथमिकता दिने मापदण्डमा उल्लेख छ । अपाङगता भएका, दीर्घरोग भएका कर्मचारीलाई सुगम भौगोलिक स्थानमा पदस्थापना, सरुवा वा काजमा ल्याउन सकिने मापदण्डमा उल्लेख छ । 
त्यस्तै संघीय निजामती सेवामा रहेर जिल्ला स्तर कार्यरत कर्मचारीलाई तोकिएको अवधि नपुगी केन्द्र स्तरमा सरुवा वा काजमा नल्याउने प्रावधान राखिएको छ । 

‘अशक्त भई मेडिकल बोर्डले सिफारिस गरेमा, दरबन्दी कटौती भएर फाजिलमा परेमा, मातृशिशु स्वास्थ्य संवेदनशीलताको अवस्थामा रहेमा, विशेषज्ञ सेवा आवश्यक भएमा भने सरुवा, काजमा ल्याउन सकिनेछ’ मापदण्डमा भनिएको छ । 
केन्द्रस्तरमा पाँच वर्ष अवधि कार्यरत कर्मचारीलाई जिल्लास्तरका कार्यालयमा सरुवा गर्ने गरी मापदण्ड पारित भएको हो । एनओसी शाखामा एक वर्ष काम गरेका कर्मचारीले एक वर्ष काम गरेपछि रोजाईको आधारमा सरुवा गर्ने व्यवस्था मापदण्डमा राखिएको छ । त्यस्तै सुरुको नियुक्ति वा बढुवा भएर आउने कर्मचारीलाई एनओसी, छात्रवृति र दुर्गम जिल्लामा पदस्थापन गर्ने प्रावधान राखिएको छ । 

जिल्ला स्थित इकाई प्रमुखको पदस्थापन, सरुवा, काज खटाउनको लागि छुटटै सुची बनाउने प्रावधान मापदण्डमा राखिएको छ । न्यूनतम तीन वर्ष सेवा अवधि पूरा भएका अधिकृतलाई इकाई प्रमुखमा खटाउने व्यवस्था राखिएको छ । यस्तै कुनै जिल्लामा इकाई प्रमुखको पद रिक्त भएपछि एक तह मुनिका कर्मचारीलाई जिम्मेवारी दिनु परेमा न्यूनतम पाँच वर्ष सेवा अवधि पूरा गरेका कर्मचारी मध्येबाट निमित्तको जिम्मेवारी दिन सकिने मापदण्डमा उल्लेख छ । 

मापदण्ड पढ्नुहोस् 

प्रतिक्रिया