Edukhabar
शनिबार, २४ जेठ २०८२
शिक्षामा गत साता

बजेटमा शिक्षा : एक भिडियो टिप्पणी

शिक्षा मन्त्री ‘निष्काशित’ गरेर नयाँ ल्याइएकाले विद्यालय शिक्षा विधेयक र शिक्षकको आन्दोलनका मागहरुको जिम्मेवारी लिने व्यक्ति नभएको पनि पक्कै छ । त्यसमाथि शिक्षाका सचिव पनि फेरिएकाले यसको स्वामित्व कतैबाट लिइने छैन ।

शुक्रबार, २३ जेठ २०८२

काठमाडौं - आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि गत जेठ १५ गते संघीय संसदमा पेश गरेको १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेटमा  शिक्षाका लागि दुई खर्ब ११ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरिएको छ । अन्य विषयगत मन्त्रालयका तुुलनामा शिक्षा मन्त्रालयका लागि सबैभन्दा बढी बजेट छुट्याइए पनि यो रकम कुल बजेटको १०.७५ प्रतिशत मात्र हो । चालु आर्थिक वर्षमा छुट्याइएको रकम दुई खर्ब तीन अर्ब रुपैयाँ भन्दा आगामी आर्थिक वर्षका लागि ८ अरब रुपैयाँ जति बढी भए पनि चालु वर्षको तुलनामा कूल बजेटको ०.१९ प्रतिशतले कम हो । 

गत साताका शिक्षाका खबरमा बजेटकै खबरले प्राथमिकता पाएका छन् । 

विस्तृत खबर पढ्न चाहनुहुन्छ भने : शिक्षामा सरकारको प्राथमिकता ? घटेको घट्यै !

गत साताका सममग्री पढ्नुहोस् : शिक्षामा गत साता 

प्रतिक्रिया