Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विदेशमा शिक्षा

विश्वविद्यालयहरुमा पार्टीको नियन्त्रण् बलियो बनाउने

आइतबार, १८ असार २०७४

काठमाडौं– विश्वविद्यालयहरु कुनै पार्टी विशेषका होइनन् र पार्टीको भर्ती केन्द्र पनि बनाइनु हुन्न । विश्वविद्यालयलाई पार्टी राजनीतिबाट मुक्त बनाएर शैक्षिक उन्नयन गर्ने थलोको रुपमा विकास गर्नुपर्छ । तर चीनका विश्वविद्यालयहरुमा भने सत्तासीन दल चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो नियन्त्रण अझ बलियो बनाउने भएको छ । 

पार्टीको सचिवालयको हालैको बैठकले चीनका उच्च शिक्षालयहरुमा पार्टीको अधिकार स्थापित गर्ने निर्णयसँगै अनुगमन पनि बढाउने भएको हो । चीनका ३१ प्रमुख विश्वविद्यालयहरुमा पार्टीले अझ निगरानी बढाउने बैठकपछि जारी गरेको वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमा ‘चिनियाँ विशेषता सहितको समाजवादी उच्च शिक्षाको चुस्त व्यवस्थापन गर्न विश्वविद्यालयहरुले पार्टी नीतिलाई तलमाथि गर्नु हँुदैन ।’ भन्ने उल्लेख छ । विश्वविद्यालयहरुमा भएका पार्टीका एकाइहरुले पार्टी नीतिको कार्यान्वयनको लागि अनि चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिकृत र एकीकृत नेतृत्व स्थापित गर्न गर्ने गरेका कामलाई निरन्तरता दिनुपर्नेमा प्रतिवेदनमा जोड दिइएको छ ।
विश्वविद्यालयहरुलाई पार्टी सचिवालयले क्याम्पसहरु, पढाउने प्राध्यापक र विद्यार्थीहरुको वातावरणमा सुधार गर्न, पार्टी संगठन बलियो बनाउन तथा पार्टी सदस्यहरुको अग्रसर भूमिकाका लागि कार्यशैलीमा सुधार ल्याउन भनिएको छ ।

 

 

प्रतिक्रिया