Edukhabar
शनिबार, ०८ बैशाख २०८१
विदेशमा शिक्षा

शैक्षिक मेलामा विद्यार्थी अभिभावक : प्रकृया, खर्च, र विषयका बारेमा चासो

शुक्रबार, ०६ साउन २०७४

काठमाडौं - विदेशमा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गरी शुरु शैक्षिक मेलाको दोश्रो दिन मेलामा पुगेका विद्यार्थी तथा तिनका अभिभावकले प्रकृया, खर्च, र विषयका बारेमा चासो राखेका छन् । विभिन्न देशका भिसाको नीयम, शिक्षण पद्धति, त्यहाँको शैक्षिक वातावरण, अध्ययन संस्थाको बारेमा उनीहरुको धेरै चासो देखिएको छ ।

शुक्रबार करिब ३३ हजार धेरै विद्यार्थी र अभिभावकले अवलोकन गरेका छन् । विदेशमा जानु अघि अपनाउनु पर्ने प्रकृया, लाग्ने खर्च, पढ्ने विषय र कलेजहरुका बारेमा विद्यार्थी तथा तिनका अभिभावकले जानकारी प्राप्त गरेका छन् । मेला स्थलमै रहेका विदेश स्थित कलेजका प्रतिनिधिलाई प्रत्यक्ष भेटेर विद्यार्थी अभिभावकले लाभ उठाईरहेका  ईक्यानका सुचना तथा सञ्चार विभाग प्रमुख उमेश ढुङ्गेलले दावी गरे ।

मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाताहरुका स्टलहरु रहेका छन् । नेपालबाट बिषेश गरि अष्ट्रेलिया, भारत, अमेरिका, बंगलादेश, श्रीलंका, न्युजील्याण्ड, बेलायत र युरोपका बिभिन्न देशमा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी जाने गर्छन् । मेला प्रत्येक दिन बिहान १० बजे देखि ५ सम्म सञ्चालन भइरहेको छ ।

शैक्षिक मेला परिसरमा रक्तदान तथा दन्त परीक्षण शिविर पनि सञ्चालन भईरहेको छ ।  ईक्यानको ११ औं शैक्षिक मेला भृकुटिमण्डपमा बिहीबारदेखि शुरु भएको हो । मेला आगामी आईतबार सम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया