Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विदेशमा शिक्षा

शिक्षा उपमन्त्रीद्वारा राजिनामा

आइतबार, ०४ भदौ २०७४

काठमाडौं – दक्षिण अफ्रिकाका उच्च शिक्षा तथा तालिम उपमन्त्री मदुदुजि मनानाले राजिनामा दिएका छन्। गत सप्ताहान्तमा राजधानी जोहान्सबर्गस्थित एक रात्रिक्लबमा पुगेका मनानाले एक महिलालाई कुटपिट गरेको आरोप लागेपछि मन्त्रीले राजिनामा दिएका हुन् । रात्री क्लबमा गएर उपमन्त्री मनाना र एक महिलाबीच भनाभन भएको थियो ।

उपमन्त्री मनाना सत्तारुढ दल अफ्रिकन नेशनल कांग्रेसका सदस्य हुन् । राजिनामा पत्रमा उनले आफ्नो गैरजिम्मेवार क्रियाकलापप्रति पश्चातापसहित राष्ट्रका नाममा क्षमायाचना गरेका छन्।

उपमन्त्री मनानाको राजिनामा तत्कालै स्वीकृत गर्दै दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमाले हालसम्म आफ्नो कर्तव्य निर्बाह गरी सरकारलाई सहयोग गरेकोमा मनानालाई धन्यबाद दिएको विज्ञप्तिमा जनाइएको छ ।

 

प्रतिक्रिया