Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
सम्पादकीय

राज्य फेल भएको हो, हरेश नखाऊ !

आइतबार, ०८ असार २०७१

विगत वर्षमा जस्तै यसपाली पनि कक्षा १० को एसएलसी नतिजा आएको छ र पास फेलको चर्चा चुलिएको छ । एसएलसीको नियमित तर्फ सहभागि ३ लाख ९४ हजार ९ सय ३३ विद्यार्थीमध्ये ४३ दशमलव ९२ प्रतिशत विद्यार्थीमात्रै पास भएका छन् । ५६ प्रतिशत विद्यार्थीले फेल हुनु परेको छ । त्यस्तै आंशिक तर्फ सहभागी १ लाख ३३ हजार ६ सय २६ मध्ये १० दशमलव ९२ प्रतिशतमात्रै पास भएका छन् बाकी ९० प्रतिशत यसपाली पनि असफल भएका छन् । पास भएकाहरुको चर्चा छ । परिवार खुसियाली मनाइरहेको छ । फेल हुनेहरु निराश भएका छन् । यसरी फेल हुनु नयाँ कुरा होइन । हरेक वर्ष लाखौँ विद्यार्थी यसरी फेल भइरहेका छन् र सरकारको आलोचना

प्रतिक्रिया