Edukhabar
विहीबार, १५ चैत्र २०८०
विदेशमा शिक्षा

आईएलटिएस बिनै अष्ट्रेलिया ! शैक्षिक परामर्श विद्यार्थी ठग्न सजिलो बाटो

सोमबार, २६ भदौ २०७४

काठमाडौं - हिजो आज दिनहुँ जस्तो शैक्षिक परामर्शका नाममा मेला र सेमिनार भईरहेका छन् ।

तर होसियार !

यस्ता मेला र सेमिनार नेपाली विद्यार्थी र अभिभावक ठग्ने सजिलो बाटो हुँदै आएको छ । विदेश जान चाहने विद्यार्थी र तिनका अभिभावकलाई परामर्श दिन भन्दै काठमाडौंमा आयोजित त्यस्तै मेलामा पुगेका नेपाली विद्यार्थी ठगिएका छन् ।

आईएलटिएस बिनै अष्ट्रेलिया पठाईदिन्छु भन्दै समेनिार गर्ने मलेसीयन नागरिकलाइ प्रहरीले पक्राउ गरे पछि त्यस्ता मेला र सेमिनारको कर्तुत सार्वजनिक भएको हो । विद्यार्थीबाट पटक पटक गरी १ करोड २५ लाख रुपैंया ठगेको उजुरीका आधारमा प्रहरीले मलेसियन नागरिक रामादास वास्करदसलाई पक्राउ गरेको छ । उनी सहित अर्का एक मलेसियन र एक अष्ट्रेलियन नागरिकले गत फागुन १६ गते चावहिल स्थित मेडिसन होटल ट्रेनिङ् सेण्टरमा आई सेमिनार गरेका  थिए ।

उनीहरुले विभिन्न कन्सल्टेन्सिका सञ्चालक तथा विद्यार्थी सहभागि गराई अष्ट्रेलियामा आफ्नै नाममा रहेको फ्युचर एकेडेमी कलेजमा अध्ययन गर्न परामर्श दिएका थिए । त्यहाँ अध्ययन गर्दा आईएलटिएस स्कोर नचाहिने मात्रै हैन उमेर हद र निरन्तर अध्ययन नभएपनि अष्ट्रेलिया जान सकिने भ्रम बाँडेका थिए । हप्तामा एक दिन कक्षा लिने र अरु ६ दिन काम गर्न पाईने, कामको ग्यारेण्टि जस्ता कुरा पत्याएर विद्यार्थी र कन्सल्टेन्सीका सञ्चालकले पैसा दिएका थिए ।

उनीहरुले अष्ट्रेलियन नागरिकको बैंक खातामा रकम हालेका थिए ।

उताबाट प्राप्त कागजात नक्कली भएको थाह पाएपछि एफ पी एजुकेशन कन्सल्टेन्सिका सञ्चालक चुण्टि लामा सहित ११ विद्यार्थीले प्रहरीमा उजुरी हालेका थिए ।

ठगहरु नेपाल आएको सूचना प्राप्त गरेपछि परिचालित प्रहरीले उनीहरुलाई ठमेलबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेको मलेसियन नागरिकलाई गठी गरेको कसुरमा मात्रा हेरीविगो र जरिवाना तथा ५ बर्ष सम्म कैद हुने ब्यवस्था अनुसार कारवाही शुरु भएको प्रहरीले जनाएको छ ।

फोटो : पक्राउ परेको व्यक्ति

प्रतिक्रिया