Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
विदेशमा शिक्षा

२४ मेडिकल कलेजमा नेपाली भर्नामा रोक

सोमबार, ११ मंसिर २०७४

काठमाडौं - बंगलादेश स्थित विभिन्न २४ मेडिकल कलेजमा मात्रै नेपाली विद्यार्थी भर्नामा रोक लगाईएको नेपाल शैक्षिक परामर्श संघ ईक्यानले जनाएको छ । अन्य कलेजमा भर्ना यथावत भएको भन्दै ईक्यानले उक्त संख्या 'केही प्रतिशत' मात्रै भएको दावी गर्दै अभिभावक तथा विद्यार्थीलाई अन्यौल नहुन आग्रह गरेको छ ।

विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श दिदैं आएका कन्सल्टेन्सीहरु आवद्ध ईक्यानद्धारा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रकाश पाण्डेले बंगलादेश स्थित मेडिकल कलेजमा नेपाली विद्यार्थीको भर्ना नहुने खबर असत्य भएको बताए ।

'उल्लेख गरिए बमोजिम नेपाली विद्यार्थीलाई बंगलादेशका विभिन्न कलेजहरुमा मेडिकल शिक्षा अध्ययन गर्न पुर्णरुपमा रोक लगाइएको कुरा सत्य होइन' पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ, 'बरु बंगलादेश स्थित केहि कलेजहरुमा मात्र भर्ना गर्न रोक लगाइएको छ ।'

नेपाल सरकार शिक्षा मन्त्रालय तथा नेपाल मेडिकल काउन्सीलका अनुसार Directorate General of Health Service (DGHS), Bangladesh / Bangladesh Medical & Dental Council (BM&DC) ले निम्न कलेजहरुलाई विद्यार्थी भर्ना लिन रोक लगाएको छ :

1.    Ashiyan Medical College, Established year 2012/13   
2.    Aichi Medical College, Uttara, Dhaka Est. 2014/15
3.    Basundhara Ad-din Medical College Est. 2013/14
4.    Abdul Hamid Medical College Est. 2013/14
5.    Brahmanbaria Medical College Est. 2013/14
6.    Universal Medical College Est. 2013/14
7.    Care Medical College Est. 2013/14
8.    Parkview Medical College Est. 2013/14
9.    US Bangla Medical College Est. 2013/14
10.    Chattagram International Medical College Est. 2013/14
11.    Bikrampur Bhuiyan Medical College Est. 2014/015
12.    Monoara Sikder Medical College Est. 2015/16
13.    Northern International Medical College, Dhanmundi, Dhaka
14.    Care Medical College, Iqbal Road, Mohammadpur, Dhaka
15.    Shahabuddin Medical College, Gulshan, Dhaka
16.    Ab-din Basundhara Medical College, South Keranigunj, Dhaka
17.    Saphena Dental College, 110 Malibag, DIT Road, Dhaka
18.    Northern Medical College, Medical East Area, Rangpur
19.    City Medical College, Itahata, Block # B, Tangail Road, Chandona, Chowrasta, Gazipur
20.    Nightingale Medical College, Nightingale Point (Sarkar Market) Ashulia, Savar
21.    BGC Trust Medical College, BGC Biddyanagar, Chandanaish Chittagong

त्यसैगरि नेपाल मेडिकल काउन्सीलले निम्न कलेजहरुमा भर्नाका लागि अनुमती दिएको छैन ।

1.    Jalalabad Ragib-Rabeya Medical College, Sylhet & Hospital under the Shahjalal University of Science and Technology, Sylhet
2.    University of Science and Technology Chittagong (USTC)
3.    Gonoshasthaya Samaj Vittik Medical College, Savar under Gonoswasthaya University 

भर्ना लिन रोक लगाइएको सुचिमा परेका यी कलेजहरुमा भर्ना नगर्न तथा नगराउन ईक्यानले सम्वन्धित सबैमा अनुरोध गरेको छ ।

'अतः उल्लेखित कलेजहरु बंगलादेशमा मेडिकल शिक्षा अध्ययन अध्यापन गराउने कलेजहरु मध्ये केहि प्रतिशत मात्र हुन । बाँकी भर्नाका लागि रोक नलगाईएका कलेजहरुमा नेपाल स्थित विश्व विद्यालयहरुले लिने Entrance Exam उत्तिर्ण गरेका तथा नेपाल मेडिकल काउन्सिलको सहमती प्राप्त गरि निर्वाध रुपमा नेपाली विद्यार्थीहरुले भर्ना लिन पाउने तथा अध्ययनको अवसर पाउने कुरा सम्वन्धित अभिभावक तथा विद्यार्थी वर्गमा सुचित गरिन्छ'  ईक्यानद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया