Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विदेशमा शिक्षा

शैक्षिक मेला हुँदै, आइएलटिएस तथा शैक्षिक कर्जाका बारेमा पनि जानकारी

शुक्रबार, २८ पुस २०७४

काठमाडौं - विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी शैक्षिक मेला हुने भएको छ । कंगारु ऐजुकेशन फाउण्डेशनले गर्न लागेको उक्त मेलामा अंग्रेजी भाषा परीक्षा आइएलटिएस तथा शैक्षिक कर्जाका बारेमा समेत आवश्यक जानकारी दिईने आयोजकले जनाएको छ ।

आगामी माघ नौ गते अर्थात् आउँदो २३ जनवरीका दिन हुने उक्त मेलामा अष्ट्रेलिया, न्यूजील्याण्ड, अमेरिका र यूरोपका गरी २० भन्दा  वढी विश्वविद्यालय, सरकारी तथा निजी कलेजहरुको सहभागीता रहने छ । मेलामा आउने विद्यार्थी तथा अभिभावकले प्रत्यक्ष रुपमा विश्वविद्यालय तथा कलेजका प्रतिनीधीहरुसँग अन्तरक्रिया गर्न पाउने ब्यवस्था मिलाईएको आयोजकले जनाएको छ । आफू जान चाहेको देशको जिवनशैली, छात्रवृत्ति, कलेज, विश्वविद्यालय छनौट देखि आवश्यक कागजात निर्माणमा सहजिकरणका साथै भिषा प्रकृयाका बारेमा समेत विद्यार्थीले परामर्श लिन सक्ने आयोजकले दावी गरेको छ ।

दरबारमार्ग स्थित होटल अन्नपूर्णमा निःशुल्क प्रवेशको व्यवस्था सहित हुने मेलामा आइ.डी.पी तथा नेपाल एस.वी.आई बैंकको  पनि सहभागीता  हुने छ ।  विद्यार्थीलाई आवश्यक परामर्श दिदैं आएको मेला आयोजक संस्था कंगारु ऐजुकेशन फाउण्डेशनको नेपालमा सात र अष्ट्रेलियामा दुईवटा शाखा कार्यालय छन् ।

प्रतिक्रिया