Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विदेशमा शिक्षा

गन्तब्य मुलुकका प्रतिनिधिसँग विद्यार्थीले गरे प्रत्यक्ष अन्तरकृया

बुधबार, १० माघ २०७४

काठमाडौं - विदेशमा अध्ययन गर्न जान ईच्छुक विद्यार्थीले आआफ्ना रुचीका देशको शैक्षिक अवस्था तथा त्यहाँका विश्वविद्यालय र कलेजका बारेमा सम्बन्धित प्रतिनिधि सँग प्रत्यक्ष अन्तरकृया गरेर जानकारी हासिल गरेका छन् ।

विदेशमा पढ्न जान चाहने विद्यार्थीलाई लक्षित गरी कंगारु ऐजुकेशन फाउण्डेशनले आयोजना गरेको शैक्षिक मेलामा विद्यार्थी र अभिभावकले उक्त जानकारुी हासिल गरेका हुन् ।  विद्यार्थी तथा अभिभावकले  जान चाहेको देशका विश्वविद्यालय तथा कलेजका प्रतिनीधीहरु सँग प्रत्यक्ष रुपमा अन्तरक्रिया गरी छात्रवृत्ति, कलेज विश्वविद्यालय छनौट देखि  परिपक्व  डकुमेन्टेसन मार्पmत एड्मिसन र भिजाका सम्बन्धमा पनि जानकारी  लिएका थिए । मंगलवार सम्पन्न मेलामा अष्ट्रेलिया, न्यूजल्याण्ड, अमेरिका र यूरोपका गरी २० विश्वविद्यालय, सरकारी कलेज, तथा निजी कलेजहरुको सहभागिता रहको थियो ।

मेलामा आएका विद्यार्थी तथा अभिभावकलाई शैक्षिक प्रणाली, विद्यार्थीलाई दिइने सुविधा, काम गर्न पाउने अधिकार, पढ्ने विषय, पढाइ पछिको अवसरका विषयमा जानकारी दिइएको आयोजक संस्थाका संस्थापक तथा प्रबन्ध निर्देशक महेश बाबु तिमल्सिनाले बताए ।

नेपाली विद्यार्थीको बैदेशिक अध्ययनको बढ्दो क्रमलाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त मेलामा प्रयोगात्मक तथा सिप मुलक कार्यक्रमका बारेमा जानकारी प्रदान गरिएको थियो । विद्यार्थी तथा अभिभावक गरि १ हजार ७ सय २० जनाले मेला अवलोकन गरेको खनउनेजक संस्थाका अन्तराष्ट्रिय परामर्श निर्देशक टि.आर. काफ्लेले जानकारी दिए ।  

मेलामा आइ.डी.पी तथा नेपाल एस.वी.आई बैंकको पनि सहभागीता रहेकाले विद्यार्थी तथा अभिभावकहरुले अंग्रेजी भाषा परीक्षा आइलटिएस तथा शैक्षिक कर्जा सम्बन्धी जानकारी समेत लिएका थिए । 

प्रतिक्रिया