Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विदेशमा शिक्षा

कक्षा सुरु हुनु अघि अन्धाधुन्ध गोली प्रहार !

बुधबार, १० माघ २०७४

काठमाडौं - अमेरिकाको एक विद्यालयमा १५ बर्षका छात्रले अन्धाधुन्ध गोली प्रहार गरेर २ जनाको हत्या गरेका छन् । घटनामा १७ विद्यार्थी घाईते भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यामहरुले जनाएका छन् । कक्षा सुरु हुनु अघि त्यहि विद्यालयमा पढ्ने छात्रले ह्याण्डगन मार्फत अन्धाधुन्ध गोली प्रहार गरेको सञ्चारमाध्यमले जनाएका छन् ।

केन्टुकी राज्य स्थित बेनटन शहरको मार्शाल काउन्टी हाइस्कूलमा भएको उक्त घटना पछि गोली हान्ने १५ वर्षका छात्रलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । ती छात्रको परिचय भने गोप्य राखिएको छ ।

गोलीकाण्डमा गोली लागेर १५ वर्षकी एक छात्राको घटनास्थलमै मृत्यु भएको केन्टुकीका गभर्नरले बताएका छन् । यस्तै १५ वर्षकै अर्का एक छात्रको उपचारको क्रममा अस्पतालमा निधन भएको हो । स्थानीय समय अनुसार मंगलबार बिहान ८ बजे गोलीकाण्ड भएको हो ।

घटनाको १५ मिनेटभित्र गोली चलाउने छात्रलाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ ।

अमेरिकामा विद्यालय भित्र भएको यो दोस्रो आक्रमण हो । यस अघि टेक्सासमा रहेको एक विद्यालयमा पनि यस्तै आक्रमण भएको थियो ।

प्रतिक्रिया